सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट एजुकेशन चितवन शाखा अष्ट्रेलियाका सात विश्वविद्यालयका नौ अवार्डबाट सम्मानित


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार २०:४५ 
  • चितवन, १५ पुस । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर सम्मानित भएको छ ।

    एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले आज एक विज्ञप्ति प्रेषित गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत हामीलाई प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘एक्सपर्टको चितवन शाखाले स्थापनाकाल देखिनै विद्यार्थीहरुलाई भरपर्दो परामर्श सेवा दिँदै आइरहेको सबैमा अवगत नै छ । अष्ट्रेलिया जान चाहेन विद्यार्थीहरुलाई आफ्नै ठाउँमा त्यहाँका विश्वविद्यालय र कलेजसँग नजिक बनाउँदै आएका छौं । लामो समयदेखिको हाम्रो अनुभव र स्तरीय सेवाले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहज बन्दै गएको छ ।’

    एक्सपर्टले टोरेन्स युनिभर्सिटीः प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट÷साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटीः लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अष्ट्रेलियामा मुख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको विश्वका विभिन्न देशमा गरी ४० भन्दा बढी शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका अवार्डहरुले हामीलाई निरन्तर हौसला मिल्दै आएको छ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरि यस सफलताको हकदार बनाइदिनु हुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।’ एक्सपर्टले सबैको निरन्तर साथ, सहयोग, सुझाव र मार्गदर्शन बिना पक्कै पनि यी उपलब्धिहरु सम्भव नहुने जनाएको छ । विद्यार्थीहरुको सहजता र सेवामा ध्यान दिँदै गुणस्तरीय सेवाका लागि हामी भरतपुर–१०, होटल रोयल सेन्चुरीको पछाडीस्थित आफ्नै नवनिर्मित अत्याधुनिक भवनबाट एक्सपर्टले सेवा प्रारम्भ गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।

    प्रेस विज्ञप्ती

    आदरणीय पत्रकार ज्यूहरु,
    एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको भरपर्दो एवंम लोकप्रिय संस्था हो । एक्सपर्ट नेपालकै एउटा अग्रज शैक्षिक कन्सल्टेन्सी भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।

    अष्ट्रेलियामा मूख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको विश्वका विभिन्न देशमा गरी ४० भन्दा बढी शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेको जानकारी गराउँद छौं । एक्सपर्टले विद्यार्थीहरुलाई सही परामर्श दिँदै आइरहेको छ । एक्सपर्टको चितवन शाखाले स्थापनाकाल देखिनै विद्यार्थीहरुलाई भरपर्दो परामर्श सेवा दिँदै आइरहेको सबैमा अवगत नै छ । अष्ट्रेलिया जान चाहेन विद्यार्थीहरुलाई आफ्नै ठाउँमा त्यहाँका विश्वविद्यालय र कलेजसंग नजिक बनाउँदै आएका छौं ।

    लामो समयदेखिको हाम्रो अनुभव र स्तरीय सेवाले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहज बन्दै गएको छ । हाम्रो मेहनतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत हामीलाई प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेका छन् । यसैक्रममा यसपटक पनि अष्ट्रेलियामा रहेका ७ वटा युनिभर्सिटी र कलेजहरुले हामीलाई ९ वटा अवार्डबाट सम्मानित गरेको जानकारी गराउन पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौं ।
    हामीलाई प्रदान गरिएका अवार्डहरु निम्न अनुसारका छन्ः

    टोरेन्स युनिभर्सिटीः प्लाटिनम एजेन्ट–२०२१
    : टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१
    कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट÷साउथ एशिया
    एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल)
    इडिथ काउन युनिभर्सिटीः लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड
    अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड
    फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल
    होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१
    वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१

    यसप्रकारका अवार्डहरुले हामीलाई निरन्तर हौसला मिल्दै आएको छ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरि यस सफलताको हकदार बनाइदिनु हुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । यहाँहरुका निरन्तरत साथ, सहयोग, सुझाव र मार्गदर्शन बिना पक्कै पनि यी उपलब्धिहरु सम्भव हुने थिएनन् । भविष्यमा पनि तपाइँहरुको यस्तै विश्वासको आशा राख्दै हाम्रो सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दर्छौ ।

    साथै विद्यार्थीहरुको सहजता र सेवामा ध्यान दिँदै गुणस्तरीय सेवाका लागि हामी भरतपुर–१०, होटल रोयल सेन्चुरीको पछाडीस्थित आफ्नै नवनिर्मित अत्याधुनिक भवनबाट सेवा प्रारम्भ गरेको समेत जानकारी गराउँदछौं । धन्यवाद ।

    डिल्लीराम अधिकारी
    निर्देशक
    एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस
    चितवन

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.