सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक


  •    /१३ भाद्र २०७६, शुक्रबार ००:१० 
  • काबुल । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् ।

    अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

    अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि वार्ता जारी छ । वार्तामा तालिबान समूहले अफगानिस्तानलाई आतंकवादको अखडा बन्नबाट आफूहरुले रोक्ने विश्वासिलो आधार प्रस्तुत गर्न प्रयासरत छन् ।

    “हामी सम्झौताको अति निकटमा छौं । हाम्रा मुस्लिम दाजुभाइ तथा स्वतन्त्रता पक्षधर सबैलाई हामी एउटा खुशीको समाचार ल्याउने आशामा छौं,” तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटमा भन्नुभएको छ ।

    वासिङ्टनमा जनरल जोसेफ डनफोर्डले अमेरिकी सेनाले अफगानिस्तान छाड्नुअघि केही विषयमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सम्झौता बमोजिम सेना फिर्ता हो भनेर अहिल्यै भन्न नसकिने बताउनुभयो ।
    “हामी अफगानिस्तान आतंकवादीको अखडा नबनोस् भन्ने चाहन्छौं । अफगानिस्तानमा शान्ति र स्थिरता हाम्रो चाहना हो,” उहाँले भन्नुभयो ।

    रक्षामन्त्री मार्क एस्परले पनि तालिबान विद्रोहीले अफगानिस्तानलाई आतंकवादीको अखडा बन्नबाट रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अमेरिका विरुद्ध हुने कुनै पनि प्रकारका आक्रमण आफूहरुलाई स्वीकार्य नहुने पनि बताउनुभयो ।
    संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिवानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो ।

    वासिङ्टनले हाल सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ । यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ ।

    अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदाहरु रहेका छन् । अमेरिकी जनरल डनफोर्डले तालिबानसँगको सम्झौता शर्त–सहितको हुने बताउनुभयो ।

    विद्रोही नेताहरु भने अफगानिस्तान–पाकिस्तानको सीमावर्ती क्षेत्रमा पछिल्लो सम्झौताको मस्यौदामाथि विचारविमर्श गर्न थालेका छन् । पाकिस्तानमा रहेका तालिबानका एकजना वरिष्ट कमान्डरले भन्नुभयो, “सबै शुरा सदस्यहरुलाई सम्झौताको मस्यौदा दिइएको छ र उनीहरुले यसमाथि गम्भीर अध्ययन गरिरहेका छन् । दोहामा रहेको तालिबान टोलीलाई अझै सम्झौताका बारेमा अघि बढ्न आदेश दिइएको छैन ।”
    उहाँले भन्नुभयो, “यसका लागि अझै एक वा दुई दिन लाग्नेछ किनभने तालिबानका नेताहरुले फिल्डमा खटिएका कमान्डरहरुको विश्वास लिन केही दिन लाग्नेछ ।”

    अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि सम्झौताका बारेमा अफगान राष्ट्रपति अश्रफ घानीसँग कुराकानी गर्न एक दुई दिनभित्रै काबुल आउने कार्यक्रम तय भएको छ ।

    (एजेन्सीको सहयोगमा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.