सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह


  •    /१३ भाद्र २०७६, शुक्रबार ००:०२ 
  • इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गर्नुभएको छ ।

    “म सवै पाकिस्तानीहरुलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,” खानले बिहीबार भन्नुभएको छ ।

    उहाँले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्यबद्धता जनाउनु भएको पनि बताउनुभयो ।

    प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नुभएको छ, “हामी काश्मिरी जनताको पछाडि छौँ भन्ने सन्देश कडारूपमा दिन सक्नुपर्दछ ।”

    उहाँले शुक्रबार संयुक्तरूपमा प्रदर्शनमा उत्रिन पटक पटक आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उहाँले यस्तो प्रदर्शनको आह्वान गर्नुभएको हो ।

    उहाँले आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतकोरूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताउनुभएको छ ।

    भारत र पाकिस्तानबीच काश्मिरको बिषयमा लामो समयदेखि विवाद रहँदै आएका समय भारत प्रशासित काश्मिरलाई भारतले दिँदै आएको स्वायत्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ । पाकिस्तानको पहलमा यो बिषय राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पुर्याइएको छ ।

    भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा निलम्बन गर्ने घोषणा गर्नुभएको थियो । सोही निर्णय अनुसार राष्ट्रपतिले काश्मिरलाई दिर्इंदै आएको विशेषाधिकारको व्यवस्था रहेको संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गर्नुभएको थियो । उक्त निर्णया भारतीय संसदबाट पनि अनुमोदन भैसकेको छ ।

    भारतको यो घोषणासँगै पाकिस्तानसँगको सम्वन्ध फेरि चिसिएको छ भने अन्य देशहरु पनि यो मुद्दामा विभाजित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.