सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तक्र्रिया


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १७:०० 
  • माडी १० पुस । नेपालमा सञ्चालन भएका होमस्टेहरुले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले जोड दिएका छन् । होमस्टे एशोसिएसन नेपाल केन्द्रीय समितिले शनिबार माडीमा आयोजना गरेको कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले होमस्टेहरुले विकासको गतिलाई अगाडि बढाएको धारणा राखेका हुन् । उनीहरुले होमस्टेले महिला शसक्तिकरण र स्वरोजगारको वातावरण तयार गरेकोले होमस्टेहरुले संस्कृति र प्रकृति अध्ययन गर्ने पुस्तकालय बनाउनुपर्नेमा जोड दिए ।

    “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध नेपाल निर्माण होमस्टेको अभियान” भन्ने मूल नाराका साथ अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडीमा आयोजित अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नेपालमा होमस्टे व्यवसायको सम्भावना र अवसर प्रशस्त रहेकाले होमस्टेहरु संस्कृति जगेर्ना गर्ने थलोको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संस्कृतिलाई समृद्ध गर्न सकिएन भने होमस्टेको प्रगति हुन नसक्ने उल्लेख गर्दै प्रमुख अतिथि ढकालले होमस्टे सञ्चालकहरुले स्पष्ट नीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    अन्तक्रिया कार्यक्रमका विशिष्ट अतिथि होमस्टे एशोसिएसन नेपालका पूर्व अध्यक्ष एवम् सल्लाहकार भीमबहादुर केसीले नेपालमा होमस्टेको इतिहास लामो नभएपनि यसले गरेको प्रगतिले भविष्य सुन्दर देखिएको उल्लेख गर्दै समय र आवश्यकताअनुसार होमस्टेहरु अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

    होमस्टे एशोसिएसन नेपालका अध्यक्ष केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकारहरु कृष्ण अर्याल, पशुपति न्यौपाने नेकपा एमाले माडी नगर कमिटीसचिव श्रीप्रसाद दवाडी, नेपाली कांग्रेसका ढाकामोहन तिमिल्सिना, नेकपा माओवादी केन्द्र माडी नगर कमिटी सचिव नेत्रप्रसाद काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।

    दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा डा आलोक प्रसाई र प्रा. पशुपति न्यौपानेको कार्यपत्र प्रस्तुति रहेको छ । नेपालभरिबाट ५० जना होमस्टे सञ्चालकहरुको सहभागिता रहेको छ । अन्तक्रिया कार्यक्रमपछि होमस्टे एशोसिएसन नेपालको विधान सम्बन्धी छलफल गरी विधान संशोधन गर्ने र अधिवेशनको मिति र स्थान तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
    दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
    ‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’
    • गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
    • दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
    • सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
    • विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.