अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा
न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १८:००
रत्ननगर, ९ पुस । नेकपा (एमाले) निकटको अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा राजेन्द्र सापकोटा चयन हुनु भएको छ । क्याम्पसमा आज शुक्रबार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा अनिस खनाल, सचिवमा ऋषि मिश्र, सह–सचिवमा सिमान्त थपलिया, चिरञ्जीवी ढुङ्गाना, सबिना अधिकारी र कोषाध्यक्षमा नितिन बस्नेत चयन हुनु भएको छ ।
एमालेका केन्द्रीय सदस्य तथा शिक्षा विभाग उप–प्रमुख जेएन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले रत्ननगर कमिटीका अध्यक्ष तथा जिल्ला सदस्य ईश्वरी प्रसाद अर्याल, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य प्रकाश भट्ट, अनेरास्ववियुका जिल्ला नेता अमित गुप्ता, युवा संघ चितवनका सहसंयोजक आशिक तामाङ, पूर्व अध्यक्ष तथा कलेज इन्चार्ज सन्तोष ढुङ्गाना, निवर्तमान अध्यक्ष सरोज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।