सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनको अधिवेशन पुस २३ र २४ गते, विभिन्न उपसमिति गठन


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार २०:५० 
  • चितवन, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको आज सम्पन्न चौथो पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो ।

    बैठकले अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय गरेको छ । एमाले केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका ९८ वटा वडा र दुई शाखा कमिटी गरी एक सय ईकाईबाट प्रतिनिधि छनौट गरिने छ । जस अन्तर्गत तीन सय सदस्य बराबर तीन जना प्रतिनिधि हुनेछन् । तीन प्रतिनिधिमा एक जना महिला अनिवार्य गरिएको छ ।

    यस्तै सात पालिकालाई आधार मानेर एक सय दलित सदस्य बराबर तीन जना प्रतिनिधि हुनेछन् । ती तीन जना प्रतिनिधि मध्ये एक जना दलित महिला अनिवार्य गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो । यस्तै मुस्लिम, अपाङ्गता, मधेशीबाट जिल्लालाई आधार मानेर तीन÷तीन जना प्रतिनिधि हुनेछन् । ती तीन जना प्रतिनिधिमध्ये एक÷एक जना महिला अनिवार्य गरिएको छ ।

    बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । जस अनुसार अध्यक्ष रावलको संयोजकत्वमा राजनीतिक, सांगठनिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ । समितिका सदस्यमा सचिव प्रकाश खनाल शैलेस, उपसचिवद्वय प्रकाश ढुंगाना, सूर्यबदना हमाल र तिलक रिमाल रहनु भएको छ ।

    यस्तै प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा प्रकाश खनाल शैलेस, स्वागत सत्कार उपसमिति संयोजकमा सूर्यबदना हमाल, आर्थिक व्यवस्थापन उपसमिति संयोजमा प्रकाश ढुंगाना, प्रचार प्रसार उपसमिति संयोजकमा खोमकान्त रेग्मी, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा भक्ती गौतम, खाद्य व्यवस्थापन उपसमिति संयोजकमा पदमपाणी सुवेदी, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा धु्रव लम्साल, स्वास्थ्य उपसमिति संयोजकमा रामहरि ढकाल रहनु भएको छ ।

    बैठकमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारीले पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्ने जानकारी दिनुभयो । उहाँले जिल्ला अधिवेशनलाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो । कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु कपिल पोखरेल, जेएन थपलिया, प्रभा बराल, बालिका गिरी, बागमती प्रदेश सचिव विजय सुवेदी लगायता नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    पार्टी अध्यक्ष रावलले जिल्ला अधिवेशन पार्टी कार्यालयमा गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले तडकभड नगरी अधिवेशन सम्पन्न गरिने बताउनुभयो । पुस २३ गते उद्घाटन र प्रतिवेदनहरु पारित गरिने र २४ गते नेतृत्व चयनको प्रक्रिया पूरा हुने उहाँको भनाई छ । 

    जिल्ला किमिटी र प्रतिनिधि गरी करिब एक हजार पाँच सय प्रतिनिधिले जिल्ला नेतृत्व चयन गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.