सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटी अध्यक्षमा महेश सापकोटा सर्वसम्मत


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १४:५८ 
  • भरतपुर, ८ पुस । नकोप (एमाले) निकटको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको २४ औं सम्मेलनबाट अध्यक्षमा महेश सापकोटा सर्वसम्मत चयन हुनु भएको छ । क्याम्पस हलमा आज बिहीवार भएको सम्मेलनले ५४ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा दिपेन्द्र पराजुली, सचिवमा सुनिल लम्साल, सहसचिवमा गोकुल पाण्डे, प्रकाश सिल्वाल, समुन्द्र घिमिरे र कोषाध्यक्षमा राजन लामिछाने चयन हुनु भएको छ ।

    एमाले केन्द्रीय सदस्य जेएन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष निशा अधिकारी, स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट, केन्द्रीय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य ऋषिकेश रेग्मी, अश्विन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

    अनेरास्ववियुले पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ । यसअघि पुस ६ गते पोलिटेक्निक कलेज र पुस ७ गते वीरेन्द्र बहुमुखी क्याम्पसको अधिवेशन सम्पन्न भैसकेको छ । कार्यक्रम निवर्तमान अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.