सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघ गणनामा प्रयोग भएका पाँचवटा क्यामेरा हराए


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार ०७:५३ 
  • चितवन, ८ पुस । राष्ट्रिय वाघ गणनामा प्रयोग गरिएका पाँचवटा क्यामेरा हराएका छन् । चोरमारा र कावासोती बिचको जंगलमा राखिएका चारवटा क्यामेरा र भरतपुर महानगरपालिका वडा नम्ब ११ भोजाड नजिकै रहेको हरिपुरमा रहेको एक थान क्यामेरा हराएको हो ।
    चितवन राष्ट्रिय निकुञ्जले बन्यजन्तु अनुगमन सम्बन्धि जानकारी दिनका लागि आज कसरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । बाघ गणनामा प्रयोग भएका २ सय ८७ क्यामेरा मध्ये ५ वटा हराएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार रु २० हजार देखि ५० हजार सम्म पर्ने स्वचालित क्यामेरा हराएका हुन । क्यामेरा जडान गरिएको १० दिनमा क्यामेरा हराएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा ६० वटा क्यामेरा हराएका थिए । ती मध्ये कतिपय जनावार र मानिसले लगेर हराएका हुन । यस गणनामा हराएका क्यामेरा मानिसले लगेको अनुमान गरिएको छ । केही क्यामेरा जनावारले फालेका भए पनि भेटिएको सो अबसरमा जानकारी गराईएको थियो ।
    बाघ गणनामा बाहेक अन्य प्रयोजनमा काम नलाग्ने ती क्यामेराहरु हराउँदा केही समस्या भएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा आचार्यले भन्नुभयो “अहिले बाघ गणनाको काम तिब्र गतिमा गरिएको छ । चितवन र पर्सा कम्प्लेक्सलाई तीन भागमा बिभाजन गरि गणना गरिएको छ ।” जस अन्तर्गत पहिलो भागमा त्रिबेणी देखि बरण्डाभार क्षेत्रमा अहिले काम भईरहेको उहाँले जानकारी दिनुभयो । यो क्षेत्रमा मंसिर १९ गतेबाट गणनाको काम भईरहेको छ । यस लगत्तै सौराहा देखि ठोरीको केही भाग सम्म गणना गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार तेस्रो चरणमा पर्सा निकुञ्ज र रौतहटका वन क्षेत्रहरुमा गणना गरिने छ ।
    बाघको बास्वस्थान पहिचान गरि ती क्षेत्रमा स्वचालित क्यामेराको प्रयोगले बाघ गणना गरिन्छ । दुई किलोमिटर क्षेत्रफलको फरकमा दुईवटा क्यामेरा राखेर वाघको तस्बिर लिइन्छ । वाघ गणनाका लागि १ सय १० जनालाई तालिम दिईएकोमा अहिले ९० जना चितवन राष्ट्रिय निकुञ्जमा परिचालन गरिएको छ । बाघ गणनाका लागि १३ वटा क्याम्प वनाएर ६ देखि ८ जनाको दरले काम भईरहेको निकुञ्ज प्रशासनले जनाएको छ । एउटा क्षेत्रमा १५ दिन क्यामेरा जडान गरेर राखेपछि ती क्यामेरा र त्यही जनशक्ति अर्को क्षेत्रमा खटाइने उहाँले बताउनुभयो ।
    बाघ गणनाका लागि ६० दिन जंगलमा काम गरेर तस्विर लिए पछि केही समय पहिचानको काम गरिने छ । जुलाई २९ अर्थात विश्व बाघ दिवसको दिन तथ्याङ्क सार्वजनिक गर्ने गरि काम गरिएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.