सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १०:५७ 
  • कर्णाली, २ पुस । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताउनुभयो । “मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो”, उहाँले भन्नुभयो, “नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।”

    प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    मुलुकका अल्पसङ्ख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व माओवादीले गर्दै आएको जनाउँदै उहाँले इसाई धर्मावलम्बीहरूको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताउनुभयो । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा बिपी खनाल फौजादारी संहिताको परिच्छेद–९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गर्नुभयो । अध्यक्ष डा खनालका अनुसार सत्ताको वरिपरि बसेकालाई परिवर्तन भएजस्तो लागे पनि नागरिक तहमा त्यसो हुनसकेको छैन ।

    नेपाली ख्रीष्टिय समाजका केन्द्रीय महासचिव डिल्लीराम पौडेलले मुलुकको विकासमा इसाईहरूको अग्रणी भूमिका रहेको जनाउनुभयो । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवाल, जनता समाजवादी पार्टी सुर्खेतका अध्यक्ष फत्ते सोती मगर, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका प्रदेश संयोजक हरिमाया शर्मा, नेपाल राष्ट्रिय ख्रीष्टियन महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदम गैरे, नेकपा (एमाले) वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि नीलकण्ठ खनाल, अधिवक्ता चेतबहादुर आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.