सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस संस्थापन पक्षले टुंग्यायो प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवार


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार १६:०६ 
  • काठमाडौँ,२५ मंसिर,। नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंग्याएको छ ।

    प्रदेश १ बाट अमृत अर्याल (मोरङ), आनन्द सन्तोषी राई (धनकुटा) र महिलामा महिन्द्र लिम्बु (झापा) लाई उम्मेद्वार भएका संस्थापन पक्षका एक नेताले बताए ।

    त्यस्तै प्रदेश २ बाट रमेश रिजाल (पर्सा), आनन्द ढुंगाना (धनुषा) र महिलामा चित्रलेखा यादव (सिरहा) उम्मेदवार बनाउने निर्णय भएको छ ।

    बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (काठमाडौँ), ध्रुव अधिकारी (नुवाकोट) र महिलामा उर्मिला केसी (ललितपुर) उम्मेदवार बन्ने भएका छन् ।

    गण्डकीबाट ध्रुव वाग्ले (तनहुँ), सोभियतबहादुर अधिकारी (कास्की) र महिलामा सरस्वती तिवारी (स्याङ्जा), लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी (गुल्मी) र महिलामा शिला शर्मा खड्का (दाङ) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

    त्यस्तै कर्णालीमा कणर्बहादुर बुढा (डोल्पा), राजीवविक्रम शाह (जाजरकोट) र महिलामा जानकी सिंह (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल (कैलाली), यज्ञराज जोशी (कञ्चनपुर) तथा महिलामा सुशीला भट्ट (कैलाली) लाई उम्मेदवार बनाइने भएको छ ।

    प्रदेशबाट दुई पुरुष र एक महिला केन्द्रीय सदस्य बन्ने प्रावधान विधानमा छ ।

    त्यस्तै मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक (रुपन्देही), अब्दुल सतार (गोरखा) र सुविदा खातुन (बर्दिया) लाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

    पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह (बझाङ) लाई उम्मेद्वार बनाउने निर्णय संस्थापनले गरेको छ ।

    त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार (ओखलढुंगा) लाई उम्मेदवार बनाउने निणर्य संस्थापनले गरेको छ ।

    अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ (भक्तपुर) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.