सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठको मतदान अपिल पत्र सार्बजनिक


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १०:५१ 
  •  

    चितवन,२४ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार वन्नु भएका जीतनारायण श्रेष्ठले आफ्नो मतदान अपिल पत्र सार्बजनिक गर्नु भएको छ । उहाँले आज काठमाडौंमा सार्बजनिक गर्नु भएको पत्रमा नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र विकासलाई महत्व दिएर अघि वढ्ने वताईएको छ ।

    यसलाई पुरा गर्नका लागि काँग्रेसको संरचनागत नेतृत्वमा युवाहरु आउनु पर्ने पत्रमा उल्लेख छ । युवाहरुले नेतृत्व लिन सके मात्र पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुन सक्ने उहाँको भनाई छ । नेविसंघको राजनितिबाट राजनैतिक यात्रा सुरु गर्नु भएका श्रेष्ठ हाल नेपाली काँग्रेस चितवनको सभापति हुनुहुन्छ । काँग्रेस चितवनको जिल्ला सभापति भई पार्टीलाई चलायमान वनाउन सफल हुनु भएका  श्रेष्ठले आँफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराइ पार्टीका साथीहरुको सेवामा लाग्ने अबसर दिन समेत सबैलाई अपिल गर्नु भएको छ ।  केही दिन अघि उहाँले चितवनमा भव्य कार्यक्रमका बिच आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको थियो । घोषणा सभामा नेपाली काँग्रेसका पूर्ब सभापति, जिल्ला अधिबेशनमा सभापति पदका आकांक्षिहरु, महाधिबेशन प्रतिनिधि लगाएत नेता कार्यकर्ताको ठूला्े उपस्थिति रहेको थियो ।

    श्रेष्ठ  ३६ वर्षको उमेरमा जिल्ला सभापति वन्नुभएको हो । उहाँको भाषण कला निकै राम्रो रहेको छ । सुन्नेहरुले गगन थापा, विश्वप्रकाश शर्माको जस्तै बोल्न सक्ने नेताका रुपमा उहाँलाई लिदैं आएका छन् । बिपक्षि दलहरु संग आफ्ना अडान दरिलो तवरले राख्ने नेताको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । केहीदिन यता देखि राजधानिमा रहेर उहाँले देशभरबाट र बिदेशबाट आउने प्रतिनिधिहरु संगको भेटघाटलाई तिब्रता दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.