सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछ : प्रदेश प्रमुख गुरुङ


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार १०:२७ 
  • कास्की, २२ मङ्सिर  । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताउनुभएको छ । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलबार शुभारम्भ गर्दै उहाँले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सवल हुन सक्दैन भन्नुभयो ।

    उहाँले भन्नुभयो, “अहिलेको प्रतिस्पर्धाका समयमा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी–कमजोरी र निम्न तहका जनताका समस्या उजागार गर्नुपर्दछ ।” प्रदेश प्रमुख गुरुङले नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि रहेको उल्लेखसमेत गर्नुभयो । टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम खोल्ने प्रतिस्पर्धा रहेको अहिलेको समयमा व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र आदर्शलाई आत्मसात गरेर सञ्चालन गर्नु र अगाडि बढाउनु मुख्य कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टेलिभिजन र सञ्चारमाध्यमको सङ्ख्यात्मक वृृद्धिसँगै जनताको मुद्दा, जनताको दुःख पीडा कति मुखरित भएको छ भन्ने महत्वपूर्ण छ । सञ्चारमाध्यम अझ बढी जनमुखी हुँदै जनताका प्राथमिकतालाई उठाउनु आवश्यक छ ।”

    सांसद खगराज अधिकारीले आम नागरिकको स्वतन्त्रताको मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान, प्रविधि तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशका समृद्धिमा टेलिभिजनले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय, पर्यटन, शिक्षालगायतका क्षेत्रका मुद्दाहरु टेलिभिजनले उठाउनुपर्ने बताउनुभयो । टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले कोरोना त्रासका बीचमा पनि टेलिभिजन सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहे पनि दूरदराजका आवाजविहीनहरूको आवाजलाई आम दर्शकमाझ ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । टेलिभिजनका कार्यक्रमहरू विभिन्न सामाजिक सञ्जाल तथा मोबाइल एप्स, वेबसाइटमार्फत हेर्न सकिने प्रबन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.