सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेशकाे नीति : १२ जिल्ला, १२ सांस्कृतिक ग्राम


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १७:०४ 
  • दाङ, २१ मङ्सिर  । लुम्बिनी प्रादेशिक सरकारले सांस्कृतिक विकासका लागि नयाँ योजना ल्याएको छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना गरेर सांस्कृतिक पर्यटन विकास गर्ने नीति सार्वजनिक गरेको छ ।

    जिल्लाको सास्कृतिक परिचय र विशेषताका आधारमा सांस्कृतिक ग्रामहरु निर्माण हुनेछन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत १२ जिल्लाका १२ स्थानमा सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागिएको हो । जाति भाषा, धर्म संस्कृति, खानपान, रीतिरिवाज, परम्पराका आधारमा त्यसको विकास र चिनारीका लागि ग्रामहरू निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    ‘संस्कृति बचाउ र व्यवसाय गर’ भन्ने नीति प्रदेशले लिएको र त्यहीअनुसार सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए । संस्कृतिलाई व्यवस्थापन गरेर व्यावसायिक रूपमा लैजाने उद्देश्यले प्रदेशमा सांस्कृतिक ग्रामहरू जिल्लाअनुसार निर्माण गर्न लागिएको जानकारी दिए ।

    संस्कृतिलाई बचाउने परम्परालाई चिनाउने गरी काम हुने उनको भनाइ छ । प्रदेशमा भएको जातिगत विशेषता, धार्मिक विशेषता, सांस्कृति र परम्परागत विशेषतालाई सस्थागत गर्दै संरक्षण तथा विकास गर्न र त्यसबाट आयआर्जन बढाउन सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको मन्त्री चौधरीको भनाइ छ । उनले यसबाट यो वर्षमा पाँच हजार युवा, महिलालाई सांस्कृतिक रोजगार दिने बताए ।

    कुन जिल्लामा कुन सास्कृतिक ग्राम ?

    मन्त्री चौधरीले दाङ, बाँके, बर्दियामा थारू संस्कृतिसँग जोडिएका ग्रामहरू निर्माण हुने, प्युठान, अर्घाखाँची र गुल्मी, क्षेत्री बाहुन (खसआर्य) सस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएका ग्रामहरू निर्माण गरिने बताए । पाल्पा, रुकुम, रोल्पामा मगर ग्राम, रुपन्देहीमा बहुसांस्कृतिक ग्राम, कपिलवस्तु अवध सांस्कृतिक ग्राम र नवलपरासीमा भोजपुरी सांस्कृतिक ग्राम निर्माण हुनेछन् । यस विषयमा सबै जिल्लाका सरोकारवालाहरूलाई सहभागी गराएर मन्त्रालयले दाङमा अन्तरक्रियासमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.