सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव सेवा आश्रमबाट दुई सय ८६ व्यक्तिको पुनर्मिलन


  •    न्युजभित्तो/२० मंसिर २०७८, सोमबार १६:५९ 
  • चितवन, २० मंसिर । मानवसेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये सो सङ्ख्यामा पारिवारिक मिलन गराएको हो ।

    आश्रममा आएर उपचारपश्चात् १९२ जनाले स्वेच्छाले आश्रम छाडेका छन् भने ९३ जनाको निधन भएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो । सामुदायिक पुनःस्थापना भएका ५२ जना छन् । अहिले यस आश्रममा ६५ जना आश्रित छन् । सडकमा रहेका सहयोगापेक्षीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले हाल सात प्रदेशका १७ जिल्लामा आफ्ना शाखा स्थापना गरी काम गर्दै आएको छ । सत्र जिल्लामा २५ सेवाकेन्द्र स्थापना गरी काम गरिरहेको यस संस्थाले नौ जिल्लामा आफ्नै भवन निर्माणको काम सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    विसं २०८२ भित्र खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलमा अतिकष्टपूर्ण जीवन बिताउनुपर्ने सहयोगापेक्षी सडक मानवमुक्त गर्ने लक्ष्यका साथ आश्रमले काम गर्दै आएको छ । यस संस्थाले १७ जिल्लामा छ हजार २७५ जनालाई सेवा प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तीमध्ये दुई हजार ४२५ जनाको पारिवारिक पुनर्मिलन, एक हजार ६६७ जना उपचारपश्चात् स्वेच्छाले आश्रम छोडेका र ६३४ जनाको मृत्यु भएको छ ।

    यस्तै ३५४ जनाको सामुदायिक पुनःस्थापना गरिएको र एक हजार ५६७ जना आश्रममा आश्रित रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन शाखाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भरतपुर महानगरपालिका–३ बेलचोक नजिक निर्माणाधीन भवनमा १०० जना सहयोगापेक्षी राख्नसक्ने गरी भवन निर्माण गरिएको छ । समाजसेवी प्रेमकुमार श्रेष्ठ र स्व भगवानदाश श्रेष्ठको परिवारले उपलब्ध गराएको आठ कट्ठा जमिनमा भवन निर्माणको काम भइरहेको छ ।

    भवन निर्माण सम्पन्न गर्नका लागि यही मङ्सिर २६ गतेदेखि आगामी पुस ४ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्ने लागिएको सो अवसरमा जानकारी दिइएको थियो । भवन निर्माणमा रु दुई करोड खर्च भइसकेको र अझै रु तीन करोड खर्च आउने सो अवसरमा जानकारी गराइएको थियो ।

    विसं २०८० सम्म शाखामा आफ्नै भवन निर्माण, विसं २०८१ मा रु ५० करोडको अक्षकोष स्थापना र विसं २०८२ मा राष्ट्रिय अभियानका रुपमा घोषणा अभियानलाई तीव्र पारिने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले पारिवारिक गैरजिम्मेवारीपन समाजमा बढ्दै जाँदा सहयोगापेक्षी बढेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.