होली भिजनमा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १७:३३
भरतपुर १७ मंसिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जिल्लास्तरीय नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीमा सम्पन्न भयो । ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाल क्षयरोग निवारण संस्था चितवनका अध्यक्ष दामोदर न्यौपानेले होली भिजन पब्लिक स्कुलले क्षयरोग निवारण कार्यमा गरेको सहयोगप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुले नै गाउँ गाउँबाट क्षयरोग सम्बन्धित जनचेतना फैलाउन अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
होली भिजन पब्लिक स्कुलले क्षयरोग निवारणका लागि अगाडि बढाएका हरेक कार्यक्रममा क्षयरोग निवारण संस्था र भरतपुर महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख अतिथि न्यौपानेले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने जानकारी दिनुभयो ।
चितवन जिल्लाका २७ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर प्रथम, चितवन सेकेन्डरी स्कुल द्वितीय र पोलार स्टार स्कुल तृतीय भएका छन् ।
होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईकी अध्यक्ष भूमिका गैरेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडी, विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, क्षयरोग निवारण संस्था चितवनकी कोषाध्यक्ष कुस्मा पन्थ, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख चन्द्रकुमार श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
यस अघि मंसिर १६ गते होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा बिहीबार भरतपुर ४ मा जनचेतनामूलक ¥याली सम्पन्न भएको थियो । विद्यालयबाट शुरु भएको सचेतनामुलक ¥यालीले पेन्सनक्याम्प चोक, शमीचोक,डेरीचोक, अद्वैतचोक आनन्दचोक, चोक,यज्ञपुीचोकहुँदै बिद्यालयमा आएर समापन भएको थियो ।
स्मरण रहोस् होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईले राष्ट्रिय क्षयरोग दिवसको अवसरमा नेपाल नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखासँग समन्वय गरी २०६० सालदेखि हरेक वर्ष मंसिर महिनामा जिल्लास्तरीय अन्तर मा वि हाजिर जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको छ ।