सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्षयरोग दिवसको अवसरमा होली भिजनका विद्यार्थीको जनचेतनामूलक -याली


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार ०८:४० 
  • भरतपुर १७ मंसिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा बिहीबार भरतपुर ४ मा जनचेतनामूलक -याली सम्पन्न भएको छ । ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको जनचेतनामूलक -यालीमा विद्यार्थीहरुले क्षयरोग निवारण सम्बन्धी चेतनामूलक प्लेकार्डहरुसहित भरतपुर ४ का विभिन्न स्थानको परिक्रमा गरेका थिए ।

    चेतनामूलक -यालीको शुभारम्भ गर्दै विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले विद्यार्थीहरु परिवर्तनका संवाहक भएकोले क्षयरोग सम्वन्धित चेतना विस्तार गर्न विद्यार्थीहरुनै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो । विद्यालयबाट शुरु भएको सचेतनामुलक -यालीले पेन्सनक्याम्प चोक, शमीचोक,आनन्दचोक, चोक,यज्ञपुीचोक हुँदै विद्यालयमा आएर समापन भएको थियो ।

    होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईले क्षयरोग दिवसको अवसर पारेर यही मङ्सिर १७ गते जिल्लास्तरीय अन्तर मा वि हाजिर जवाफ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा जिल्लाका करिव ३५ विद्यालयहरु सहभागी हुने नाटा जुनियर ईकाईकी शिक्षक नायक अमृता खनालले जानकारी दिनुभयो ।

    स्मरण रहोस् होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईले राष्ट्रिय क्षयरोग दिवसको अवसरमा नेपाल नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखासँग समन्वय गरी २०६० सालदेखि हरेक वर्ष मंसिर महिनामा जिल्लास्तरीय अन्तर मा वि हाजिर जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

    https://www.newsvitto.com/wp-content/uploads/2021/12/video-1638423137.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.