नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकियो, देउवा र पौडल बराबर न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १६:५४ चितवन, १३ मंसिर । नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ। सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको छ । ५२ जिल्लामा अधिवेशन हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेल बराबर देखिएका छन् । सिटौला पक्षबाट भने झापामा एक सभापतिले जितेका छन् । देउवा र पौडेल पक्षले २५÷२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् । सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आरआफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन् । मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ । तपाईको प्रतिक्रिया ताजा अपडेट इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार! सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
चितवन, १३ मंसिर । नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ।
सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको छ ।
५२ जिल्लामा अधिवेशन हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेल बराबर देखिएका छन् । सिटौला पक्षबाट भने झापामा एक सभापतिले जितेका छन् ।
देउवा र पौडेल पक्षले २५÷२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् ।
सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आरआफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन् ।
मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ ।