सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

(एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधि प्रयोग गरिदै


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १६:२२ 
  • चितवन, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो ।

    प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्नेगरी मञ्च निर्माणको काम भइरहेको बताउनुभयो । उहाँकाअनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा समेत प्रयोग गरिने श्रेष्ठले बताउनुभयो ।

    मङ्सिर ९ गते हस्तान्तरण गर्नेगरी मञ्च निर्माणको काम भइरहेको भन्दै श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताउनुभयो । त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत आजदेखि नै सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

    पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारीले महाधिवेशनको कामहरुको नियमित अनुगमन भइरहेको बताउनुभयो । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्तिको व्यवस्थापन समेत गरेको उहाँको भनाइ छ । महाधिवेशन तयारीको कामले हिजोदेखि गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको बताउनुभयो ।

    मङ्सिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट ¥याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताउनुभयो । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट ¥याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउनेगरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।

    पत्रकार सम्मेलनमा प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाइएको बताउनुभयो । व्यापक जनसहभागिता जुटाउनका लागि जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठनहरु परिचालन भइरहेको सुवेदीले बताउनुभयो ।

    नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिहरुले आफ्नो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको बताउनुभयो । जिल्लामा रहेका सुरक्षा निकायहरुसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापन सहित सुरक्षाको काम भइरहेको रावलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.