सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाधिवेशन सफल पार्न जाग्यो माडी, ५०१ सदस्यीय समिति गठन


  •    न्युजभित्तो/३ मंसिर २०७८, शुक्रबार २०:०४ 
  • माडी, ३ मंसिर । नेकप एमालेका १० औं महाधिवेशन सफल पार्न नेकपा एमाले माडी नगर कमिटी जागेको छ । बाँदरमुढे जस्तो जघन्य अपराध सहेको माडीले एमालेको महाधिवेशन सफल बनाउन नगरदेखि गाउँसम्म जुरुक्कै उठेको छ । माडीका मुख्य शहरी क्षेत्रदेखि गाउँगाउँसम्म एमालेमय बनेको छ । हरेक टोलमा महाधिवेशनको चर्चा गलेको छ भने यसलाई सफल बनाउन सबै लागिपरेका छन् ।

    नेकपा एमाले माडी नगर कमिटी बैठक कमिटी अध्यक्ष आज अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य हरि सापकोटा, बाग्मती प्रदेश कमिटी सदस्य सरस्वती बिष्ट, रामप्रसाद न्यौपाने, नगर ईन्चचार्ज शिवहरी सुवेदी लगायतले महाधिवेशन सफ बनाउन लाग्न निर्देशन दिनुभयो । उहाँहरुले जिल्ला, प्रदेश र केन्द्रका सर्कुलर कार्यान्वयन गर्दै नगरले योजना बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    बैठकले जिल्लाको सर्कुलर जानकारी गराई, नगर ईन्चार्ज शिवहरी सुवेदीको संयोजकत्वमा नगर कमिटी , वडा कमिटी, अनेम संघ, राष्ट्रिय युवा संघ, किसान संघ लगायत विभिन्न जनवर्गीय संगठनका सदस्य रहने गरि ५०१ सदस्यीय माडी स्तरीय महाधिवेशन जनपरिचालन समिति गठन गरेको छ । सो समितिले महाधिवेशन सफल पार्न कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

    बैठकले माडी ३ का पार्टी अध्यक्ष मधुराम चौधरीका ८० वर्षिय पिता मदारी चौधरीको निधनप्रति दुख प्रकट गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । साथै बैठकमा नौ वटा वडाको रिपोर्टिङ समेत गरिएको छ । महाधिवेशनमा माडीले उल्लेख्य रुपमा भूमिका खेल्ने र जनसहभागिता पनि उल्लेख्य रुपमा गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.