सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफ्नै वडामा आयोजित महाधिवेशन सफल बनाउन भरतपुर १ मा ११७ सदस्यीय कमिटी गठन


  •    न्युजभित्तो/३ मंसिर २०७८, शुक्रबार १९:३२ 
  • चितवन, ३ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाइ भब्य तथा सभ्य बनाउन भरतपुर महानगर वडा कमिटी १ ले बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ। कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पुरुषोत्तम न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । बागमती प्रदेश सदस्य तथा पुर्व साम्सद शारदा कुमाल विशिष्ट अतिथि रहेको कार्यक्रममा राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि भेलाले हरेक टोल टोलमा खटिने गरी वडा कमिटी १ बाट १७ सदस्यीय उत्पेरक कमिटी गठन गरेको छ।

    प्रमुख अतिथि पुरुषोत्तम न्यौपानेले नव गठित उत्पेरक कमिटीलाई आजैदेखि आ–आफ्नो टोलमा टोल भेला गरी महाधिवेशनका लागि घरदैलो गर्दै यस वडाबाट चार हजारको संख्यामा जनपरिचालन गर्न निर्देशन दिनुभयो । भेलामा सहभागीहरूलार्इ अधिबेशनको निमन्त्रणा पत्र प्रदान गर्दै आफ्नै वडामा नेकपा एमालेको राष्ट्रिय अधिबेशन आयोजना गरिएकोप्रति खुशी व्यक्त तथा अवसर र चुनौतिलाई सामना गर्नका लागि रातदिन नभनी खटिन कमिटी अध्यक्ष शुक्र कुमार श्रेष्ठले आव्हान गर्नुभयो ।

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवे्शनको उद्घाटन नारायणगढको नारायणी नदी किनारमा मंसिर १० गते हुँदैछ । जुन भरतपुरत महानगरपालिका वडा नं. १ मा पर्दछ । यस हिसाबले पनि भरतपुर १ नम्बर वटा कमिटी विशेष रुपले महाधिवेशन सफल बनाउन लागिपरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.