सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल जर्नीले भरतपुरमा निर्माण गर्ने अपाङ्गमैत्री पुस्तकालयको शिलन्यास


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार २१:२९ 
  • चितवन, ३० कात्तिक । नेपाल जर्नी संस्थाले भरतपुरमा नेपालकै नमुना “नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय” निर्माण गर्ने भएको छ । उक्त पुस्तकालय भवनको एक कार्यक्रमकाबीच शिलन्यास गरिएको हो ।

    नेपाल जर्नी संस्थाका अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उहाँकै नेतृत्वमा निर्माण हुन लागेको यो पुस्तकालयको भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । पुस्तकालयको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले मौसमी श्रेष्ठ र उहाँको टिमले नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय स्थापना गर्न लागेकाले महानगरका तर्फबाट २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषाणा गर्नुभयो ।

    कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव गौरी जोशी, एनआर एनए अमेरिका अध्यक्ष बुद्धिसागर सुबेदीसहितको एनआरएनए अमेरिका टिमले ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यो पुस्तकालय नेपालकै नमुना भब्य ब्यवस्थित र बहु आयामिक हुने नेपाल जर्नी संस्थाकी अध्यक्ष तथा पुस्तकालयको परिकल्पनाकार श्रेष्ठले बताउनुभयो । देशमा भूकम्प गएका बेला नेपालमा रहँदा नेपालीमा परेको पीडाबाट दुखित भएर पीडामा परेकाहरुको हितका साथै देशमा शैक्षिक बिकासका लागि काम गर्न आफूले अमेरिकामा संस्था स्थापना गरी देशमा ७ वटा पुस्तकालय निर्माण गरिसकेको श्रेष्ठले सो अवसरमा जानकारी दिनुभयो ।

    नेपाल जर्र्नी नेपाल टिमसँग सहकार्य गर्दै आफूले देशमा धेरै राम्रो परियोजनाहरु सुरु गरेको भन्दै उहाँले यो पुस्तकालय निर्माणमा स्थानीयको धेरै भन्दा धेरै सहभागिता र साथ रहनुपर्ने बताउनुभयो । स्थानीयको आर्थिक तथा अन्य साथ र सहयोगलेनै यो परियोजना सफल हुने भन्दै उहाँले यसलाई सफल बनाउन सबै जुट्नुपर्ने बताउनुयो । पाँच करोड रुपैयाँको लागतमा २ वर्ष भित्र सक्ने गरी निमार्ण हुन लागेको पुस्तकालय नेपालकै नमुना हुने आर्थिक ब्यवस्थापन समिति अन्तर्राष्ट्रिय संयोजक राजिव श्रेष्ठले बताउनुभयो ।

    मौषमी श्रेष्ठको परिकल्पनामा नेपाल र विदेशका दक्ष इन्जिनियरले डिजाइन गरेको पुस्तकालय भुइँतला र १ तला गरी ८ हजार इस्क्वाईर फिटमा निर्माण हुनेछ । अमेरिकामा रहेका नेपालीहरुले यो परियोजनालाई धेरै महत्वपूर्ण परियोजना मानेर यसको निर्माणका लागि सबै टिम सक्रियतापूर्वक लागेको अन्तर्राष्टिय संयोजक भानु खरेलले बताउनुभयो ।

    नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना,अपांगमैत्री सार्वजानिक पुस्तकालय स्थापना भन्ने मूल मन्त्रका साथ निमार्ण थालेको यो पुस्तकालयमा कम्युटर ल्याव, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्ययन कक्ष, सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ । कार्यक्रममा बरिष्ठ उत्प्रेरक बिजयराज सिग्देल, भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडा नम्बर ४ का अध्यक्ष हरि प्रसाद आचार्य, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँंडेल, अपागं जागरण अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, नेपाल जर्नी संस्थाका महासचिव धनकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

    भवन निमार्णका लागी स्थानीय सामाजिक अगुवा शिब लामिछानेको संयोजकत्वमा निर्माण समिति बनेको छ । नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रमिला अधिकारी ‘परी’ ले सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.