सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनमा खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने, तयारी समिति गठन


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १८:५९ 
  • चितवन, ३० कात्तिक । नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा नेपाल खेलकुद महासंघले २० हजारभन्दा बढी सहभागी गराउने भएको छ । महासंघको आज भरतपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले महाधिवेशनमा धेरैभन्दा धेरै सहभागि गराउने निर्णय गरेको हो ।

    जिल्ला अध्यक्ष प्रकाश रेग्मीकोको अध्यक्षतामा सम्पन्न भेलालामा प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले महासंघको तर्फबाट उद्घाटन समारोहमा २० हजारभन्दा बढी सहभागी गराउन निर्देशन दिनुभयो । उहाँले खेलाडीहरु अनुशासित र मर्यादित हुने हुँदा सभालाई सभ्य र भव्य बनाउन हरतरहले लाग्न निर्देशन दिनुभयो ।

    सो अवसरमा नेकपा एमाले बाग्मती प्रदेश सदस्य पुरुषोत्तम न्यौपाने, जिल्ला कमिटी सदस्य कमल पाठक, महानगर अध्यक्ष शंकर थपलिया, युवा संघका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रल्लाद प्रधान, खेलकुद महासंघका केन्द्रीय सचिव पुष्पराज जोशी, कोषाध्यक्ष ऋषिकेश रेग्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    उक्त भेलाले खेलकुद महासंघको तर्फबाट प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नेकपा एमालेको राष्ट्रिय महाधिवेशन तयारी कमिटी गठन गरेको छ। उक्त कमिटीले महाधिवेशनमा स्वयंसेवक, स्वागतद्वार निर्माण, सरसफाई लगायतका कार्यमा सहयोग पु¥याउने छ । महाधिवेशनका अवसरमा खेलाडीहरुले खेल कौशल प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    नेकपा एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । मंसिर १० गते नारायणी नदी किनार नारायणगढमा उद्घाटन समारोह हुनेछ भने ११ र १२ गते बन्द सत्र सौराहामा हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.