सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन– नेता सिंह


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १६:३३ 
  • पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए।

    नेतृत्वको कारण गर्दा कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि काँग्रेसले जनमत पाउन नसकेको उनले बताए । निर्वाचन पछि काँग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाए र संविधान माथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि काँग्रेस मजबुत हुनुपर्ने बताए । काँग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्त आवश्यक रहेको उनको भनाई छ । ‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ । उनले थथपे ‘ मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन ।’

    साथै उनले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने बताएका छन्। मंगलबार पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताएका हुन् । नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफुमा रहेको उनको भनाइ छ ।

    ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमाता चाहिन्छ ।’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिले को अवस्था सम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’ साथै उनले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याया भएको गुनासो गरेको बताउँदै पार्टी भित्र सबैको सम्मान हुनुपर्ने बताए । उनले पार्टीलाई विधि संम्बत नियम संम्बत तरिकाले अगाडी बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफुले सधै पार्टी भित्र आबाज उठाउँदै आएको बताए।

    जनताका मुद्धाहरु तत्काल समाधान गरि लोकतन्त्र जोगाउनको लागी प्रभावकारी पार्टीको रुपमा काँग्रेस स्थापना गर्न आफुले सभापतिमा उम्मेद्वारी दिने उनको भनाई छ । पार्टीलाई संस्थागत गरि विधि सम्वत तरिकाले चलाउनु पर्ने उनले बताए ।

    आउँदो दिनहरुमा आम नेपाली जनताको जिवीको पार्जन सहज गराउने आफ्नो एक मात्र उदेश्य रहेको उनको भनाई छ । ‘हामी भन्दा २० गुणा बढी जनसंख्या भएको मुलुकले विकास गरि रहँदा हामीले किन नगर्ने रु राजनीति सेवाको क्षेत्र होइन । लोभ छोड्नु पर्यो ।समाज र देशका फाईदाका लागि लड्नु पर्दछ । पार्टीलाई सहि ढ्ंगले चलाए नहुने भन्ने कुरा केही छैन ।’ नेता सिंहको भनाई छ ।
    उनले देश विकासको योजना सहित जनतामा जानु पर्ने बताए । कृषि प्रधान देशमा सबै कुरा आयत गर्नु पर्ने अबस्था जानु दुखत कुरा भएको धारणा राखे । यस्ता समस्याहरु काँग्रेसले समाधन गर्नु पर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.