एमालेको महाधिवेशन उद्घाटनमा चितवनबाट एक लाख बढी जनसहभागिता
न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार १०:०६
चितवन, ३० कात्तिक । नेकपा (एमाले) चितवनले १० औं महाधिवेशनको उद्घाटन सत्रमा एक लाख बढी जनसहभागिता गराउने तयारी गरेको छ । एमालेले प्रत्येक पालिका र वडास्तरमा जनसहभागिताका लागि विभिन्न कार्यक्रम गर्न लागेको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका सम्पूर्ण पार्टी पंक्तिलाई जनसहभागिताका लागि परिचालन गरिएको छ । उदघाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागि हुने अनुमान गरिएको छ । यसैगरी पेशागत संघ संगठनहरु र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान एमाले चितवनले गरेको छ ।
एमालेले जनसहभागिताका लागि व्यापक तयारी गरेको छ । जनपरिचालनको चितवननबाट नेतृत्व गर्नुभएका एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसंगठनहरुलाई सक्रिय बनाईएको छ । यसबीचमा वडा कमिटीको बैठक, वडा र टोलटोलमा सदस्य, समर्थक र शुभेच्छुकहरुको भेला, निमन्त्रणा पत्र वितरण र प्रचार सामग्री घरघरमा पु¥याईने छ ।
पार्टीले वडा तथा पालिका कमिटीहरुलाई आआफ्नो भूगोलभित्रको राजमार्ग क्षेत्रको सरसफाई, स्वागतद्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ ।