एमाले चितवनले कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छान्ने
न्युजभित्तो/२५ कार्तिक २०७८, बिहीबार २१:१०
चितवन, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले पर्सी शनिबार महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको प्रतिनिधि छनोट गर्न लागिएको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार कात्तिक २७ गते जिल्लाका तीन वटै क्षेत्रबाट प्रतिनिधि छनोट गरिने छ । रावलका अनुसार क्षेत्र नं. १ को खैरहनी पार्टी भेनु, क्षेत्र नं. २ को जिल्ला पार्टी कार्यालय, क्षेत्र नं. ३ को मनमोहन स्मृति भवन पटिहानीमा मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै जिल्लाभरिका दलितका लागि जिल्ला पार्टी कार्यालयबाट मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ ।
उक्त दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । मनोनयन दर्ता भएकाहरु मध्येबाट प्रतिनिधि छानिने रावलले बताउनुभयो । नेकपा एमालेका १० औं महाधिवेशन आगामी मंसिर १० गतेबाट चितवनमा हुँदैछ । उक्त अधिवेशनमा भाग लिनका लागि चितवनबाट ३० जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यताको आधारमा जिल्लाबाट २८ जना प्रतिनिधि छनौट हुनेछन् । ती मध्ये ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । दुई जना दलित प्रतिनिधि हुनेछन् ।