सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’ : कानूनमन्त्री खनाल


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १३:३९ 
  • चितवन, १४ कात्तिक । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै उहाँले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताउनुभएको हो ।

    कोरोनाबाट सञ्चार माध्यम र पत्रकार प्रभावित भएको आफूहरुलाई स्पष्ट रुपमा जानकारी भएको उल्लेख गर्दै उहाँले छिटो सरोकारवालासँग छलफल गरिने बताउनुभयो । सो अवसरमा मन्त्री खनालले आमसञ्चार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “चितवन देशकै मध्यभागमा पर्ने भएकाले यहाँबाट देशभरका पत्रकारले लाभ लिन सक्छन् ।” आफ्नो मन्त्रालयले विभिन्न क्षेत्र हेर्ने भए पनि आफू मन्त्री भएलगत्तै पहिलो निर्णय पत्रकारसँग सम्बन्धित कार्यविधिमा हस्ताक्षर गरेको बताउनुभयो ।

    कार्यक्रममा महासङ्घका वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले यसअघि प्रदेश सरकारले निर्णय गरेको सञ्चार क्षेत्र विरोधी निर्णयको खारेजीको माग गर्दै सञ्चारमैत्री कानून निर्माण गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफैले सञ्चारमाध्यम सञ्चालन गर्न पर्दैन, सरकारका सकारात्मक कामको निजी सञ्चार माध्यमले गर्दछन् ।”

    कार्यक्रममा महासङ्घका प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे, नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनाल लगायतले बोल्नुभएको थियो । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.