प्रेस चौतारी चितवनले स्थापना ग-यो स्व. द्वारिका नेपाल स्मृति पुरस्कार, चौतारी बुलेटिन प्रकाश गरिने
न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १२:१०
चितवन, १४ कात्तिक । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारीको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भई निधन हुनुभएका प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य नेपालको स्मृतिलाई चीरस्थायी बनाउन संस्थागत रुपमा पुरस्कार स्थापना गरेको हो।
चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकार तथा योगदान दिने व्यक्तिहरुलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । पुरस्कारको राशी हाललाई रु १० हजार राखिएको छ । अध्यक्ष पण्डितका अनुसार यसलाई पछि कार्यविधी बनाएर बढाउँदै लैजाने योजना छ । सो बैठकले द्वारिका नेपालको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ ।
चितवनको चिनारी गराउन चौतारी बुलेटिन प्रकाशन गरिने
प्रेस चौतारी चितवनको बैठकले आगामी मंसिर १०, ११ र १२ गते नेकपा (एमाले) को चितवनका हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी चौतारी बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आउने प्रतिनिधीहरुलाई चितवनको शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, विकास, आदिवासी जनजातीको अवस्था, विभिन्न राजनीतिक महत्वपूर्ण घटनाक्रम, चितवनको पत्रकारिता लगायतका विषय जानकारी गराउने उद्देश्यले चौतारी बुलेटिन प्रकाशन गर्न लागिएको हो ।
बुलेटिन प्रकाशनका लागि पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल, महासंघका पूर्व अध्यक्ष राधेश्याम खतिवडा, पूर्व सचिव नारायणप्रसाद सापकोटा तथा बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको सम्पादक मण्डल चयन गरिएको छ । बजार व्यवस्थापन हेर्न सचिवालय सदस्य मुकुन्द भुषालको संयोजकत्वमा हेमराज रिमाल, विकास पौडेल र विनय आचार्य रहेको चार सदस्यीय समिती गठन गरिएको छ ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले देशभरबाट आउने प्रतिनिधीहरुलाई चितवनको खासखास विशेषता के के हुन भन्ने बारेमा जानकारी गराउन बुलेटिन प्रभावकारी हुने बताउनृुभयो । यहाँका हरेक क्षेत्रका विषयहरु देशभरबाट आउने प्रतिनिधीहरुका बीचमा एकैपटक पुग्ने विश्वास संगठन लिएको उहाँको भनाइ छ ।
चौतारीले महाधिवेशन अगाडि तयारी सम्वन्धी गतिविधीमा पत्रकारहरुलाई सूचनाको पहुँच सहज होस् भनेर प्रदेश कमिटी सदस्य तिलकराम रिमाल र सचिवालय सदस्य आनन्द पोखरेललाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ । चौतारी चितवनको आधिकारिक इमेलमार्फत यस्ता जानकारी र सूचनाहरु देशभरका पत्रकारहरुका माझमा लगिने संगठनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।