सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंकबीच सम्झौता


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार १३:५६ 
  • गण्डकी, १३ कात्तिक । पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम÷व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन, सह प्राडा अजय थापा र नवील बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गर्नुभएको हो ।

    कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयले देशलाई आवश्यकपर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताउनुभयो । उहाँले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीलाई उद्यमशीलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशीलता विकासमा पठनपाठन सुरू गरिएको बताउनुभयो ।

    विश्वविद्यालयका रजिष्ट्रार सह प्राडा दीपकबहादुर भण्डारीले विद्यार्थीले जागिर खोज्ने नभई रोजगारी सिर्जनाका लागि पढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नवील बैंकले विनाधितो उत्कृष्ट व्यापार योजनालाई प्राथमिकता राखेर ऋण प्रभाव गरे उद्यमशिल विकासलाई सहयोग पुग्ने बताउनुभयो ।

    नवील बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालका ठूलाठूला उद्यमी नवील बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएकाले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गर्नुभयो ।

    शाहले इन्टर्नसीप सामाजिक सेवा होइन भन्दै विद्यार्थीलाई इन्टर्नसीपका लागि बैंक नभई जहाँ बुद्धि, विवेक, पसिना बगाउने उद्यमीहरू छन् त्यहाँ जानुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह प्रा।डा। अजय थापाले पोखरा विश्वविद्यालयल र ब्याचलर अफ इन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रमकाबारेमा प्रस्तुति गर्नुभएको थियो ।

    उक्त अवसरमा नवील बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमु्ख सूर्यबहादुर रोका, दिगो बैंकिङ विकासका प्रबन्धक लीलाप्रसाद ओझा लगायतले बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.