सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलन सौराहामा


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १७:५८ 
  • चितवन, १२ कात्तिक । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने प्रादेशिक सम्मेलन सौराहामा हुने भएको छ । सम्मेलनको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

    महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाका अनुसार सम्मेलनमा प्रदेश अन्तर्गतका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्ष र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनेछन् । यसैगरी महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायतका पदाधिकारी अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

    चितवन शाखाको आतिथ्यतामा हुन लागेको सम्मेलनले महासंघ बागमती प्रदेशको तीन वर्षे कार्ययोजना तयार गर्ने छ । सम्मेलनमा सदस्यता शुद्धिकरणबारेमा छलफल हुने देवकोटाले जानकारी दिनुभयो । सञ्चार क्षेत्रमा देखिएका समस्याका बारेमा जिल्ला शाखाहरुबाट सुझाव समेत संकलन गरिने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.