बाह्र बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले चितवनको तेस्रो पूर्ण बैठक सम्पन्न
न्युजभित्तो/४ कार्तिक २०७८, बिहीबार २०:००
चितवन, ४ कात्तिक । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन आयोजक कमिटीको तेस्रो पूर्ण बैठक १२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन्न बैठकले एमालेको १० औं महाधिवेशन चितवनमा गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशन सर्वसम्म गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य काशीनाथ अधिकारीले एमालेसँग एक्लै चुनाव लड्ने तागत कुनै दलसँग पनि नभएको बताउनु भयो। उहाँले काङ्ग्रेस होस या माओवादी सबै दलले एमालेसंँ चुनाव लड्न गाह्रो भएको स्विकार्दै गठबन्धनको नारा जप्न थालेका बताउनु भयो । अधिकारीले हिजो र बिगतका भूमिकालाई बिर्सेर आजैबाट एमाले मजबुत बनाउन लाग्न निर्देशन पनि दिनुभयो । पार्टीको वडा, नगर र जिल्ला अधिवेशनमा जुट्न अनुरोध गर्दै उहाँले आगामी स्थानीय, प्रदेश र केन्द्रीय निर्बाचनलाई समेत मध्यनजर गर्दै लाग्न निर्देशन दिनु भयो । आगामी सबै निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको समेत उहाँले बताउनु भयो ।
बैठकका विशिष्ट अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेलले चितवनमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी रहेको र आगामी निर्वाचनमा चितवनका सबै तह र क्षेत्रमा एमाले बिजयी हुने बताउनु भयो । हिजोको एमाले भन्दा आज पार्टी झन मजबुत भएको बताउँदै बागमती प्रदेश अध्यक्ष पोख्रेलले पार्टीका अराजक, प्रतिक्रियाबादी र अबसरबादी मात्र पार्टीबाट बाहिरिएको बताउनु भयो ।
बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज कपिलदेव पोख्रेल, केन्द्रीय सदस्य तथा भरतपुर महानगर इन्चार्ज देवीप्रसाद ज्ञवालीले मन्तव्य राख्नु भएको थियो ।
बैठकमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृष्णभक्त पोख्रेलले पार्टीको स्थानीय पालिका अधिवेशनको निर्देशिकाको सन्दर्भमा आफ्नो भनाइ राख्नु भएको थियो । सोही बैठकमा पार्टी प्रदेश कमिटी सदस्य तेजेन्द्रबहादुर खड्का, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य बिष्णुहरि तिमिल्सिनाले मन्तव्य राख्नु भएको थियो ।
पार्टी जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा भएको सो बैठकले पालिका स्तरीय पार्टी सहजीकरण तथा एकता कार्यदल गठन गरेको छ । जस अन्तर्गत भरतपुर महानगरको संयोजकमा देवी ज्ञवालीलाई चयन गरेको छ । त्यसैगरि रत्ननगरमा कपिलदेव पोख्रेल, कालिकामा खुमनारायण श्रेष्ठ, राप्तीमा दावादोर्जे लामा, खैरहनीमा जेएन थपलिया, माडीमा सरस्वती विष्ट र इच्छाकामनामा नारायण अधिकारीलाई जिम्मेवारी दिईएको छ ।
विभिन्न ८ वटा महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सो बैठक सम्पन्न भएको छ । सो बैठकको संचालन जिल्ला पार्टी सचिव प्रकाश खनालले गर्नु भएको थियो ।
बैठकले पारित गरेका समसामयिक प्रस्तावहरु :
राजनीतिक, सांगठानिक र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै २०७८ असोज १५ देखि १७ सम्म नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन अपार उत्साहका साथ सम्पन्न भएको छ । सो महाधिवेशनबाट पारित सबै प्रस्तावहरूको सार संक्षेप कार्यकर्ताबीचमा सम्प्रेषण गर्न र कार्यतालिका अनुसार वडा, पालिका, जिल्ला अधिवेशन र राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिन यो बैठक संकल्प गर्दछ ।
दूषित मनसायका साथ ल्याइएको अध्यादेशका आधारमा नेकपा (एमाले) लाई विभाजन गराइएको घटनाप्रति यो बैठक क्षोभ प्रकट गर्दछ । भ्रमवश विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले) लाई सुदृढ गर्ने र एकताबद्ध एमालेको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्ने अभियानमा योगदान दिन हार्दिक अपिल गर्दछ । साथै विभिन्न दल त्याग गरी यो अभियानमा दिन प्रतिदिन व्यापक संख्यामा सामेल हुन आउनु भएका कमरेडहरूलाई हार्दिक स्वागत गर्दछ ।
अनेकौँ प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरूलाई अन्त्य गर्ने, संविधान र संघीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधारलगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्नेजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनुपरे पनि जनादेशका माध्यमबाट स्थानीय तहदेखि पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रूपान्तरणको अभियानलाई निरन्तरता दिने यो बैठक संकल्प गर्दछ ।
आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना वडा र पालिकाहरुमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरुलाई आह्वान गर्दछ ।
कोभिड महामारीको नियन्त्रणका लागि पूर्ववर्ती के पी ओली सरकारले गरेका खोप लगायत प्रबन्धहरूका कारण कोभिड क्रमशः नियन्त्रणमा आइरहेको यथार्थ हाम्रा सामु छ । यस सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरूको भूमिका पनि महत्वपूर्ण रहेको छ । अग्रपंक्तिमा रहेर कोभिडविरुद्धको लडाइँको नेतृत्व गर्नुहुने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, एम्बुलेन्स चालकहरू, सफाइकर्मी र शव व्यवस्थापनमा संलग्नहरू तथा सामाजिक अगुवाहरूको योगदानको उच्च प्रशंसा गर्दै यो बैठक अझै पनि महामारीको जोखिम कायमै रहेको कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालनाका लागि सबैसँग आग्रह गर्दछ ।
भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियान सम्पन्न हुनै लागेको बेलामा वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर लाखौँ सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकहरूका अधिकार र अपेक्षामाथि घात गरेकोमा निन्दा गर्दै संविधानले व्यवस्था गरेको आवासको हक, भूमिहीन दलितहरूको जमिनको हकलगायत अधिकारको प्रत्याभूतिका लागि निरन्तर संघर्षरत रहने संकल्प गर्दछ । साथै दशँैको मुखमा सुकुम्बासी जनताप्रति गोली हान्ने परमादेश सरकार प्रति यो बैठक घोर निन्दा गर्दछ ।
८७ दिन पछि मन्त्री मण्डललाई पूर्णता दिंदा परमादेश र ललिता निवास काण्डको बारेमा मोलतोल भएको आभास आउनु र बाध्य भएर आफ्नो कदमबाट पछि हट्नु पर्ने लज्जाजनक परिस्थिति सिर्जना हुनुप्रति यो बैठक भत्र्सना गर्दछ ।
लगानी गर्नलाई आयको स्रोत देखाउनु नपर्ने गठबन्धन सरकारको निर्णय भ्रष्टाचार लुकाउने तथा कालोधनलाई सेतो बनाउने कुत्सित मनसायबाट आएकोले यो बैठक सो निर्णयको घोर भत्र्सना गर्दछ र निर्णय फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछ ।
बेमौसमको बर्षादका कारण भएको जन धनको क्षतिप्रति यो बैठक गहिरो दुख व्यक्त गर्दछ । बाढी पहिरो प्रभावितलाई उद्दार र राहतको व्यवस्था गर्न यो बैठक सबै तहका सरकारसँग माग गर्दछ । भित्रिन थालेको धान खेतमै नोक्सान भएको छ, यसको यथोचित क्षतिपूर्ती दिन समेत सरकारसँग यो बैठक माग गर्दछ ।
भर्खरै विदा भएको दसैं पर्व र नजिक आइरहेका सांस्कृतिक पर्वहरू– तिहार, नेपाल सम्बत् ११४२ तथा छठ लगायतका उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, शान्ति र प्रगतिका लागि यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।
बागमती प्रदेशमा राष्ट्रिय नेता क अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री र चितवन जिल्ला कमिटीका पूर्व अध्यक्ष्य नेता क विजय सुवेदी सामाजिक विकास मन्त्री बन्ने अवसर प्राप्त भएकोमा यो बैठक हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।
यो कमिटिको अघिल्लो बैठकदेखि आजसम्म दिवंगत हुनु हुने कमरेडहरू/व्यक्तित्वहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।