सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशसभा बैठक ३ बजेलाई सर्‍यो


  •    न्युजभित्तो/४ कार्तिक २०७८, बिहीबार १३:३२ 
  • काठमाडौं,४ कात्तिक । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ ।

    प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार निर्धारित १ बजेको बैठकमा नेकपा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको हो । यसअघि नेकपा एमालेले पार्टीको अधिवेशनको कामले गर्दा बिहीबारको प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै कात्तिक ११ पछि बैठक राख्न आग्रह गरेको थियो ।

    तर सभामुखले बैठक राखेपछि एमालेले आफूहरु सहभागी नहुने बताएको थियो । प्रदेश सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले भने एमाले सांसदहरु बिहीबारको बैठकमा सहभागी हुने बताएका छन् ।

    बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.