सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा बाढीपहिरोमा परेर १५ जनाको मृत्यु, २८ जना बेपत्ता


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार १२:४७ 
  • धनगढी,३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले डोटीको जोरायल गाउँपालिका–४ का अन्दाजी ४२ वर्षीय शेरबहादुर बिक, उनका छोरा १८ वर्षीय मोहन बिक, १३ वर्षीया छोरी पवित्रा बिक र मामाघरमा आएका सोही ठाउँका १६ वर्षीय रविन बिकको पहिरोमा परेर मृत्यु भएको जानकारी दिए ।

    डोटीकै जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १४ वर्षीय सागर कुन्जेडा र १० वर्षका आशिष कुन्जेडाको पनि पहिरोमा च्यापिएर मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।

    बैतडीमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परेर स्थानीय भालु पार्कीका छोरा बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया छोरा सोम पार्कीको मृत्यु भएको हो।

    सुर्नया गाउँपालिका–५ को बिष्टपालीमा स्थानीय खड्कसिंह बिष्टको भान्छा कोठा पहिरोले पुरिएर उनकी दिदीसासु पर्ने ७१ वर्षीया परुदेवी महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    डडेल्धुरामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको हो ।

    कैलाली र बझाङमा २८ जना बेपत्ता

    बाढी तथा पहिरोमा परेर कैलाली, डोटी र बझाङमा २८ जनाको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान परेको पहिरोले घर बगाउँदा चार परिवारका २३ जना बेपत्ता छन् भने कैलालीमा नदीमा बगेर चार र डोटीमा एक जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    बेपत्ता हुनेमा बझाङको थलारा गाउँपालिका–४ का गगने सार्कीकी श्रीमती हर्कु सार्की, माहिलो छोरा धरविरे सार्की, उनकी श्रीमती सीता, छोरा प्रवाश, चिरन्जीवी र छोरी भूमिका, जेठो छोरा काले पार्कीकी श्रीमती इशरादेवी, छोरी सन्दिप, सरोज, छोरीहरु सविना र सर्मिला पनि पहिरोमा बेपत्ता भएका छन् ।

    काले भने सकुसल छन् । गगनेकै साइलो छोरा सुरेशकी श्रीमती पम्मा सार्की, छोरा सुवास, विकास र प्रकाश तथा काइलो छोरा मदन सार्कीसहित उनीकी श्रीमती कलु सार्की र एलिसा सार्की पनि बेपत्ता भएका छन् । गगने रोजगारीको सिलसिलामा भारतमा छन् ।

    पहिरोमा स्थानीय नरबहादुर पार्कीकी ७० वर्षीया आमा उजली पार्की, उनकी श्रीमती ५० वर्षीया हाँसु पार्की, १० वर्षीया छोरी हिमा पार्की, ६ वर्षीय छोरा आयुष पार्की र १४ वर्षीया छोरी सीमा पार्की पनि बेपत्ता भएका छन् ।

    बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा कैलालीका गणेश आउजी, खडकबहादुर घर्तीमगर, विक्रम घर्तीमगर, खडक रानामगर र डोटीका बिरे रोकाया बेपत्ता भएका छन् ।

    उनीहरुको खोजी जारी राखिएको छ । तर हालसम्म बेपत्ता सबैको अवस्था अज्ञात रहेको छ । बाढीका कारण कैलाली र कञ्चनपुरमा झण्डै ६ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
    रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
    सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
    • ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
    • सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    • बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    • परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.