सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकालीमा फसेकाको उद्धार गर्न हेलिकप्टर मगाइयो


  •    न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार १३:०१ 
  • धनगढी,२ कात्तिक। कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् ।

    महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताउँदै पानीको सतह बढी हुँदा समस्या भइरहेको बताए ।

    प्रभावित क्षेत्रमै पुगेकी प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उनीहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको बताइन् ।

    सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएकाले बाढीमा फसेकाहरुको सुरक्षित उद्धार गरिने उनले बताइन् ।

    प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पुरुषोत्तम कडेल पनि कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.