सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशैं विदाका पर्यटकको आगमनले सौराहाका होटल व्यवसायीहरु उत्साही


  •    न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार १२:०२ 
  • चितवन,२ कात्तिक । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् ।

    दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीको दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो रहेको बताए । उनका अनुसार सो समयमा यहाँका होटलको अकुपेन्सी दर ६५ प्रतिशतभन्दा बढी थियो ।

    कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नपाएका आन्तरिक पर्यटक घुम्नका लागि सौराहा आएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराईका अनुसार १० प्रतिशत हाराहारी भारतीय पर्यटक छन् भने केही तेस्रो मुलुकका छन् ।

    पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले फूलपातीदेखि सोमबारसम्म होटलका सबै कोठा बुक भएको बताए । उनको होटलमा ६५ कोठा छन् । ‘धेरैजसो नेपाली त्यसमा पनि मारवाडी समुदायका पर्यटकहरु आउनुभएको छ, पूर्वी नेपाल तथा पोखरातिरका पर्यटक पनि हुनुहुन्छ’ सञ्चालक खनालले भने, ‘विदेशी पर्यटकहरुको पनि बुकिङ्ग आउन थालेको छ ।’

    विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका विभिन्न रोकिएका कार्यक्रमहरु पनि गर्नुपर्ने भएकाले अब पर्यटकहरुको आकर्षण बढ्ने विश्वास आफूलाई लागेको खनालले बताए ।

    जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले विगत वर्षको तुलनामा यस वर्ष दशैंमा सौराहाको पर्यटन व्यवसाय निकै राम्रो भएको बताए । अप्रत्यासित रुपमा पर्यटक सौराहा आएको भन्दै उनले व्यवस्थापन गर्नै कठिन भएको बताए ।

    सौराहाका ११० पर्यटकीय होटलमा ५ हजार ५ सय बेड रहेका छन् । होटलहरुमा पर्यटक भरिएसँगै रेष्टुरेन्टहरु पनि पर्यटकले भरिभराउ हुने गरेका छन् ।

    सौराहाको राप्ती किनारमा धेरै रेष्टुरेन्टहरु छन् । यससँगै अन्य विभिन्न क्षेत्रमा पनि पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट बनाइएका छन् ।

    रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० का अध्यक्ष दीपेन्द्र खतिवडाले दशैंको टीकाको दिन राप्ती किनारमा एक हजारभन्दा बढी पर्यटक आएको बताए ।

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिसमेत खुल्ला भएपछि सौराहामा पर्यटकहरु आउने क्रम बढ्न थालेको हो । चितवन राष्ट्रिय निकुञ्जले असोज दोस्रो सातादेखि निकुञ्जभित्र जिप सफारी खुल्ला गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    तुइन खोलामा पहिरो
    भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
    • रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
    • सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
    • ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.