सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अर्ली इलेक्सन आजको आवश्यकता’


  •    न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार २२:४९ 
  • माडी ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य देवी ज्ञावलीले परमादेशबाट गठन भएको वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने जनाउँदै अर्ली इलेक्सन नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेकपा एमाले माडी नगर कमिटीको आयोजनामा आज आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य ज्ञावलीले सरकार गठन भए लगत्तै सरकारले सुकुम्बासी जनतामाथि बज्र प्रहार गरेको जनाउँदै सुकुम्बासी जनतालाई गोली हान्ने सरकारले सुकुम्बासी समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

    भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्षसमेत रहेका ज्ञावलीले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर भूमिहीन सुकुम्बासीहरुको समस्या झन जटिल बनाएको बताउनुभयो । माडी नगरपालिकाको नेतृत्वले सुकुम्बासीहरुको तथ्याङ्क जिल्लामा नपठाएकोप्रति चिन्ता व्यक्त गर्दै केन्द्रीय सदस्य ज्ञावलीले सुकुम्बासी जनताको तथ्याङ्क नपठाउनु माडी नगरपालिकाको गम्भीर भुल भएको बताउनुभयो । उहाँले यसको हिसाब माडीबासी जनताले नै गर्ने बताउनुभयो ।

    कार्यकर्ताहरुले राखेको प्रश्नको उत्तर दिंदै केन्द्रीय सदस्य ज्ञावलीले एमालेबाट अलग्गिएर केही साथीहरु समाजवादीतर्फ लागेपनि देशभरबाट नेकपा एमालेमा पार्टी प्रवेश गर्ने लहरलाई हेर्दा नेकपा एमाले शक्तिशाली बन्दै गएको बताउनुभयो । नेकपा एमालेमाथि विभिन्न षड्यन्त्र बुन्ने काम भइसकेकोले कार्यकर्ताहरु जिम्मेवारी र कर्तव्यबोध गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै ज्ञावलीले केही साथीहरु एमालेबाट अलग्गिएर गएपनि केही समयमा मुलधारमै आउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य एवम् भरतपुर महानगरपालिकाका अध्यक्ष रामप्रसाद न्यौपानेले निर्वाचन लक्षित गरेर अगाडि बढ्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेकपा एमाले माडी नगर कमिटिका सचिव नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटी, जनवर्गीय संगठनहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.