पत्रकार द्वारिका नेपालको निधनप्रति पत्रकार सम्बद्ध संघ संगठनहरुद्वारा श्रद्धाञ्जली व्यक्त
न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार २२:३१
चितवन, ३१ असोज । पत्रकार महासंघ चितवनका सदस्य तथा प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य द्वारिका नेपालको निधनप्रति पत्रकार सम्बद्ध संघ संगठनहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस चौतारी नेपाल चितवन, प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी र नेपाल प्रेस युनियन चितवनले छुट्टाछुट्टै शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीद्वारा जारी वक्तव्यमा नेपालको निधनले महासंघलाई अपूरणीय क्षति पुगेको उल्लेख छ । महासंघले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ ।
यस्तै प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डिद्वारा जारी शोक वक्तव्यमा नेपालको निधनले मर्माहत तुल्याएको उल्लेख छ । वक्तव्यमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
यस्तै नेपाल प्रेस युनियन चितवन शाखाले नेपालको निधनप्रति दुःख व्यक्त गरेको छ । युनियनका सचिव प्रस्ताव सुवेदीद्धारा जारी समवेदना वक्तव्यमा पत्रकार नेपालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ । नेपालको निधनले चितवनको पत्रकारिता क्षेत्रले एक कुशल पत्रकार गुमाएको युनियनको वक्तव्यमा उल्लेख छ ।
नेपालको ४७ वर्षको अल्पायुमै आज आईतबार बिहान ५ बजेको समयमा काठमाण्डौंको ग्राण्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । नेपाललाई असोज २५ गते पुख्र्याैली घर रौतहटको चन्द्रनिगाहापुर जाँदै गर्दा बाटोमा अकस्मात बेहोस भई सोही दिन चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । असोज २६ गते बिहान हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाण्डौं लगिएकामा ग्राण्डी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
उहाँ विभिन्न समयमा महासंघको कार्य समिति सदस्य, केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि समेत भईसक्नु भएको छ । उहाँ विभिन्न सञ्चार माध्यममा काम गर्दै पछिल्लो समय कालिका एफएममा कार्यरत हुनुहुन्थ्यो । प्रगतिशील विचार मार्फत् विभिन्न साहित्यिक संघ संस्थामा उत्तिकै सक्रिय रहनु भएका नेपाल गजल मञ्च चितवनको अध्यक्ष, साहित्य संगम चितवनको पूर्व अध्यक्ष, जनसाहित्य मञ्च चितवनको पूर्व अध्यक्ष एवम् वर्तमान केन्द्रीय सदस्य, अक्षर समूह चितवनको पूर्व सचिव रहनु भएको थियो । उहाँका ‘तस्वीरहरुको जुलुस’ कविता संग्रह, ‘ओझेलमा परेका तस्वीरहरु’, ‘गजल बिम्ब’ लगायतका कृतिहरु प्रकाशित छन् । उहाँका थुप्रै गजल, कथा, कविता फुटकर रुपमा प्रकाशित छन् ।
चितवनका विभिन्न शैक्षिक संस्थामा अध्यापन गराउँदै यहाँको शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान दिनुभएका नेपाल अत्यन्त मृदुभाषी, सहनशील र मिलनसार हुनुहुन्थ्यो । उहाँका हजुरआमा, आमा, बुबा, एक भाइ, एक श्रीमती, एक छोरी, एक छोरा हुनुहुन्छ ।