सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पत्रकार द्धारिका नेपालको निधन


  •    न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार १०:२६ 
  • चितवन, ३१ असोज । चितवनका पत्रकार द्धारिका नेपालको निधन भएको छ । उनको उपचारको क्रममा आज (आइतबार) विहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा निधन भएको हो ।

    नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका नेपाल लामो समयदेखि चितवनको कालिका एफ।एममा कार्यरत थिए । उनी शिक्षण पेशमा समेत संलग्न थिए । स्वर्गीय नेपालको परिचय पत्रकारिता क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै छ । उनका थुप्रै कृतिहरु प्रकाशित छन् । उनी हाल गजल मञ्च चितवनका अध्यक्ष थिए ।

    स्वर्गीय नेपालको एक छोरा, एक छोरी र श्रीमती छन् । स्वर्गीय नेपाललाई आजै चितवनको भरतपुर–१०, रमाइलो चोकस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली दिई आजै देवघाटमा अन्त्येष्टि गरिने उनका भाइ रामकान्त पौडेलले जानकारी दिएका छन् ।

    यही असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस भएर अर्धचेत अबस्थामा पुगेपछी नेपाललाई तत्काल एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौको ग्राण्डी अस्पतालमा पुर्‍याएर आइसियुमा राखेर उपचार थालिएको थियो । डाक्टरका अनुसार ब्रेन ह्यामरेज भएर नेपालको निधन भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.