सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना


  •    न्युजभित्तो/२९ आश्विन २०७८, शुक्रबार ०७:४९ 
  • काठमाडौं,२९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

    उहाँले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हानसमेत गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ ।

    राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ ।” राष्ट्रपति भण्डारीले सो सन्देशमा हाल विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरससमेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएको उल्लेख गर्नुभएको छ । सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा हामीले विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । यस वर्षको विश्व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने रहेको छ ।

    आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । “वर्तमान अवस्थामा हातको माध्यमबाट कोरोना भाइरसको सङ्क्रमण मुख र नाकसम्म जान नपाओस् भनेर बारम्बार हात धुनुपर्ने हुन्छ । कोभिड–१९ को सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकार‚ निजी क्षेत्र र विभिन्न सङ्घ–संस्थासँगको समन्वयात्मक कार्यलाई निरन्तरता दिनु पर्दछ”, सन्देशमा भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.