भरतपुर, २६ असोज । राष्ट्रिय युवा संघ भरतपुर १२ वडा कमिटीको आयोजनामा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले कम्युनिष्ट पार्टीमा संघर्ष कहिल्यै अन्त्य नहुने बताउँदै पार्टी निर्माणका लागि निरन्तर संघर्ष गर्न आग्रह गर्नुभयो । एमालेका जुझारु कार्यकर्ताहरु पार्टीलाई थप सुदृढ बनाउन लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकारले सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा गोली हानेर हत्या गरेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य एवं एमाले नेता कृष्णभक्त पोखरेलले पार्टीमा बाटो बिराएर अन्यत्र लागेका साथीहरु क्रमशः पार्टीमा फर्किरहेको बताउँदै ढिलो चाँडो सबै एमालेमै आउने बताउनुभयो । उहाँले विगतमा फुटेर गएकाहरु अन्ततः जुटेको दृष्टान्त दिंदै सबैलाई सम्मानजक रुपमा पार्टीमा फर्किन आग्रह गर्नुभयो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले आफ्नो मन्त्रालयमा योजनाबद्ध कामको थालनी गरेको बताउनुभयो । उहाँले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउँदै गरेका कामहरु पारदर्शी ढंगले बाहिर ल्याउने बताउनुभयो ।
एमाले जिल्ला अध्यक्ष पार्वती रावलले पार्टी निर्माणमा जुट्न आग्रह गर्दै अलमलमा रहेका साथीहरुलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले पार्टीलाई व्यवस्थित रुपमा अगाडि बढाईने बताउँदै सबैलाई सम्मानजनक रुपमा पार्टी कामको जिम्मेवारी दिईने बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य हरि पन्त, सुदिप रेग्मी, तिलप्रसाद न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा कमिटी अध्यक्ष सागर बम्जनको अध्यक्षतामा भएको कार्यक्रम मनोज भुजेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।