सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेले संसद अबरोध गर्दा अध्यादेश निस्कृय भयोः मन्त्री रेग्मी


  •    न्युजभित्तो/२६ आश्विन २०७८, मंगलवार १५:४० 
  • चितवन,२६ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनीक पदार्थ नियमन अध्यादेश निश्कृय बन्न पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षि दलले संसद सञ्चालनमा अबरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याईएको अध्यादेश निस्कृय वन्न पुगेको बताउनु भएको हो ।

    महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय वनाउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अध्यादेश खारेज गरिएको होइन । निस्कृय भएको छ । संसदको अवरोध हटेपछि यसलाई सक्रिय वनाउँछौ ।” हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो । महिला तथा बाबालिकाका क्षेत्रमा काम गर्नका लागि आँफुले यस मन्त्रालय रोजेको बताउँदै उहाँले भन्नुभयो “अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन वनाएर महिला बालबालीका र जेष्ठ नागरिकका क्षेत्रमा काम गछौं ।”

    मन्त्री रेग्मीले जेष्ठ नागरीक, अपाङ्गहरुलाई सामाजिक सुरक्षा भत्ता लिन वैंक सम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पु¥याउने गरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हुने खानेलाई त सहज होला निमुखाहरुलाई कठिन भएको छ ।” सरकारले अब बालबालिकाको खोपलाई प्रथामिकतामा राखेर काम गरिरहेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर बाबालिकाका लागि खोपको व्यवस्था हुँदै छ ।”

    बिद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसंग समन्वय गरिरहेको उहाँले बताउनुभयो । आँफुले संहालेको मन्त्रालयमा केही ठोस काम गर्नु पर्ने देखिएको बताउँदै उहाँले नीति निर्माण तह सम्म महिलालाई ल्याउनका लागि आँफु र सरकार लाग्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको गठवन्धनमा कुनै समस्या नरहेको जिकिर गर्नु भयो । गठवन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उहाँले अब रोकीएका कामहरु सहज रुपमा अगाडी वढ्ने वताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.