सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद सूचारु गर्न सभामुखले माफि माग्नु पर्छः नेता ज्ञवाली


  •    न्युजभित्तो/२६ आश्विन २०७८, मंगलवार १५:३७ 
  • चितवन, २६ असोज । नेकपा एमालेका सचिब प्रदिप ज्ञवालीले सदन सञ्चालनका लागि सभामुखले माफि माग्नु पर्ने बताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले सभामुखले आफ्नो पदिय दायीत्वको भूमिका बिर्सनु भएका कारण संसद अबरोध भएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “सदन सञ्चालन गर्ने हो भने सभामुले सार्बजनिक रुपमा गल्ति स्वकार गरेर माफिमाग्नु पर्छ ।” साउन ३ गते देखि ३२ गते सम्म सदन नियमित सञ्चालनमा आएको भन्दै उहाँले सभामुखको भूमिका माथि प्रश्न उठे संगै अबरोध गर्नु परेको बताउनुभएको हो ।

    सरकारमा रहेका सत्तासिन दलहरुको पराजित मनस्थितिका कारण यो समस्या आएको उहाँको भनाई थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रति लक्षित गर्दै उहाँले भन्नुभयो “सदन हामीलाई उहाँले बक्सिस दिनु भएको होईन । जनताको इच्छा वेगर एमालेलाई संसदबाट हलाउने प्रश्न हुँदैन ।” फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको सरकार गलत बाटोमा हिडेको आरोप लगाउनु भयो । उहाँले थप्नुभयो “सरकार गलत ढङ्गले बन्यो र गलत बाटोमा हिडिरहेको छ ।” अहिलेको सरकारको काम कृयाकलाप संबिधानको प्रारम्भिक संरचना भत्काउने, लोकतन्त्रलाई कम्जोर वनाउने, राष्ट्रिय हितलाइ आच पु¥याउने खालको देखिएको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.