इन्दिरा दाहाल माडी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगरकमिटीको आयोजनामा हिजो सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीले न्यायपालिकाले व्यक्ति तोकेर प्रधानमन्त्री बनाउनु भनेको संविधान विरोधी काम भएको बताउनुभयो । उहाँले देश बनाउने भिजन एमालेसँगै मात्रै भएको दावी गर्दै वर्तमान सरकारले विकासको गतिलाई अगाडि बढाउन नसक्ने बताउनुभयो । उहाँले सम्मृद्ध नेपाल सुखी नेपाली भन्न नारालाई अबको निर्वाचनपछि नेकपा एमालेलेको नेतृत्वमा बन्ने सरकारले मात्रै पूरा गर्ने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति एवं एमाले चितवनका अध्यक्ष पार्वती रावलले अदालतको सेटिङमा भएका गतिविधि अहिले छर्लङ्ग देखिएको बताउनुभयो । उहाँले परमादेशमा प्रधानमन्त्री नियुक्ति भएको र परमादेशको सरकाले देशको सुकुम्बासीमाथि गोली चलाएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभासद् कृष्णप्रसाद भूर्तेल, एमाले प्रदेश कमिटी सदस्य उमाकान्त शर्मा, एमाले चितवनका सचिव प्रकाश खनाल शैलेस, एमाले क्षेत्रीय कमिटी अध्यक्ष श्यामकुमार बिष्ट, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतो, माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी, माडी नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कृष्णराज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
माडी नगर कमिटीका सदस्य श्रीप्रसाद दवाडीले स्वागत गर्नुभएको कार्यक्रम सचिव नारायण अधिकारीले सञ्चालन गर्नुभयो । कार्यक्रम नगर कमिटी अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा भएको थियो ।
इन्दिरा दाहाल
माडी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगरकमिटीको आयोजनामा हिजो सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।