सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँ पर्व : पुरानो संस्कृति लोप हुँदै


  •    न्युजभित्तो/२६ आश्विन २०७८, मंगलवार ०९:५९ 
  • रामपुर (पाल्पा), २६ असोज । दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसँैको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहँुदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् ।

    गाउँमा सबै जुटेर पिङ राख्ने चलन रहेको बूढापाका बताउँछन् । हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएको छ । यद्यपि चर्खे पिङको चुलनामा लिङ्गे पिङ भने पूर्णरूपमा विस्थापित भइसकेको छैन । लिङ्गे पिङ पहिलेजसो बाक्लो मात्रामा भने भेटिँदैन । झण्डै दुई दशकअघि गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे तापनि अहिले पिङको नाम मात्र लिनुपरेको रामपुरका मित्रलाल ढकाल बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “खरबारी र जङ्गलबाट बाबियो, काठ काटेर ल्याइन्थ्यो, वल्लाघर पल्लाघरका सबै जम्मा भएर डहर, खुला चौरमा पिङ राखिन्थ्यो, पिङ खेल्नेको ठूलै भीड लाग्थ्यो, अहिले त पिङप्रति खासै चासो दिएको पाइँदैन”, उहाँले थप्नुभयो, “काठैकाठले बनेको चर्खे पिङ खेल्दै रमाउनेको भीड हुन्थ्यो ।” चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

    दिलबहादुर थापा आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकामा गुनासो गर्नुहुन्छ । चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो ।

    पिङ राख्न थालेपछि दसँैको माहोल सुरु हुन्थ्यो । चर्खे पिङ नराखेसम्म गाउँघरमा चाडपर्वको रौनक नै नहुने गरेको सरस्वती सोमै बताउनुहुन्छ । “गाउँघरमा पिङ राखेपछि बल्ल दसैँ लाग्यो भन्ने आभाष हुन्थ्यो, दसैँका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्थ्यो, हिजोआज त पुरानो संस्कृति नै हराउँदै जान थालेकामा चिन्ता लागेको छ”, उहाँले भन्नुभयो ।

    कतिपय स्थानमा भने काठका अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए । पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढा–टाढाबाट दसैँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो, तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ ।

    केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गे पिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यसपटक भने त्यति रौनक छैन । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँ पर्वले ढपक्कै छोए पनि पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा गत वर्ष र यस वर्ष पनि स्थानीयवासीको सहभागिता देखिँदैन ।

    आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिँदैनन् । साना–साना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घरघरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय पाल्पामा कमै छ । गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो ।

    कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हँुदै गएका छन् । दसैँ पर्व भनेपछि पिङ खेल्ने, घर लिपपोत गर्ने, रातो टीका, पहेँलो जमरा लगाउने, राम्रा–राम्रा पहिरन लगाउने, मीठो–मसिनो खाने, आफन्त साथीभाइसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने कुरालाई जनाउँछ ।

    घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो माटोको तुलनामा बजारमा आएका विभिन्न रङरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ । बजारमा तयारी अवस्थामा आएका विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम छ । गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महङ्गा मूल्यका वस्तु खरिद गरी घर सिङ्गारपटार गरेर घर सजाउने गरिन्छ । कृत्रिम वस्तुको प्रयोग बढ्दै जाँदा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.