चितवनमा टुरिस्ट बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार २०:३७
चितवन,२४ असोज । चितवनमा टुरिस्ट (पर्यटक बोक्ने ) बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा भरतपुर-७ का ८ वर्षिय मिलन भण्डारी रहेको प्रहरीले जनाएको छ ।
चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको कसरा टुर्स एण्ड ट्राभल्स प्रालिको बसको ठक्करबाट बालकको मृत्यु भएको हो । आमा र बहिनीसँगै हिँडेका उनलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मामाघरमा बस्दै आएका उनीहरू पसलमा सामान किन्न गएको र बाटो पार गर्ने क्रममा तीव्र गतीमा आएको बसले ठक्कर दिएको थियो ।
मिलनको घर भने माडी हो । मामाघर नजिकै दुर्घटनामा परि उनले ज्यान गुमाएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घर नजिकै नातीको शव देखेपछि मामाघरको हजुरआमा सूर्यकुमारी लामिछाने बेहोस बनेकी थिइन् ।

बस र चालक प्रहरी नियन्त्रणमा छन् ।