सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १६:५३ 
  • धनगढी,२४ असोज । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    एसपी अधिकारी का अनुसार पक्राउ पर्नेमा २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेको एसपी अधिकारीले बताए । उनीहरुको साथबाट तीन ग्राम एक सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

    यस्तै राजपुरबाट स्थानीय १८ वर्षीय आकाश राना, १८ वर्षकै राजेश राना, १८ वर्षीय राजकुमार राना र १८ वर्षीया सुजिता रानालाई पक्राउ गरिएको छ । उनीहरु चारैजनालाई विशेष सूचनाका आधारमा कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट ३ ग्राम ६९० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.