सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोस्रो एनटिएस कौसी क्वीन–२०७८ को उपाधि राधा ढकाललाई


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १६:३८ 
  • काठमाडौँ, २३ असोज । दोस्रो ‘एनटिएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जित्नुभएको छ ।

    प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटिएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिनुभएको हो ।

    यहाँ आयोजित समारोहमा उहाँलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहि¥याउनुभएको थियो । सो अवसरमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटिएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारीलगायतले पनि उहाँलाई सम्मान गर्नुभएको थियो । ताजसँगै उहाँले रु ५० हजार बराबरको कौसीमा ग्रीन हाउस उपहार पाउनुभएको छ ।

    त्यसैगरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनरअप बनेपाकी विजया मानन्धर हुनुभयो । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनरअप’ बन्नुभयो ।

    कार्यक्रममा अप्रतियोगी पुष्प व्यवसायी भक्तपुरकी राधा मताङ्गीलाई पनि ‘फ्लावर क्विन’को उपाधिले सम्मान गरिएको थियो । फस्ट रनरअपले रु २० हजार, सेकेन्ड रनरअपले रु १५ हजार, थर्ड रनरअपले रु १० हजार तथा फोर्थ रनरअपले रु पाँच हजार बराबरको कौसीखेतीका सामग्री पाउनुभएको छ । प्रतियोगितामा देशभरबाट ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष मनोज श्रेष्ठले यस्ता खालका क्रियाकलापले सहरी खेती गर्न सबैलाई आकर्षण गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.