सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १५:५१ 
  • काठमाडौँ, २४ असोज । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित ९जिआइएस० ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ ।

    आगामी पुसभित्र ९डिसेम्बर २०२१० निर्माण सम्पन्न गरी सञ्चालन गर्ने ९चार्ज०लक्ष्यका साथ सबस्टेशनको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेशन अर्को ठूलो हब बन्ने छ । सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरूपमा आपूर्तिसमेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको विश्वास छ ।

    कूल ४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेशनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा आयात भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । कूल २२०÷१३२÷३३ केभी सबस्टेशनका उपकरण जडान भइसकेको छ । यस्तै ४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेशनको समग्र निर्माण प्रगति क्रमशः ६५ र ८५ प्रतिशत छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ । “मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेशनको निर्माण तत्काल सक्नुपर्ने बाध्यता छ, यस्तो मेरुदण्डका रूपमा रहेको सबस्टेशन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “सबस्टेशन तयार भएपछि कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्न सकिन्छ, त्यसपछि यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुने छ, जसले प्रणालीलाई विश्वसनीय बनाउने छ ।”

    अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेशनमा जोडिने छ । कोसी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सबस्टेशन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०÷१३२÷३३ केभी सबस्टेशनको निर्माण गरिएको हो । सबस्टेशन निर्माणका लागि भएको पुरानो ठेक्कालाई रद्द गरी २०७५ पुसमा नयाँ ठेक्का गरिएको थियो ।

    बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेशनको निर्माण प्रभावित भएको थियो । अहिले ४०० र २२० केभी सबस्टेशनको निर्माण आगामी पुसभित्र सक्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।

    नेपाल–भारतबीच विद्युत् व्यापारका लागि कुशाहा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइनको प्रस्ताव गरिएको छ । लाइन निर्माण गरिएमा इनरुवा सबस्टेशनबाटै विद्युत् प्रवाह गरिने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.