सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनुषाको फलगामा महिला आफ्नै घरमा दुई अबोध छोरासँगै मृत फेला


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १५:१२ 
  • जनकपुरधाम, २४ असोज । धनुषाको नगराइन नगरपालिका– ४ फलगामा टोलकी एक महिला आफ्नै घरमा दुई अबोध छोरासँगै मृत फेला परेकी छन् ।

    अन्दाजी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य मृत फेला परेका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ गुडिया डोरीको पासो बनाएर घरको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उनका दुई छोराको भने घाँटी थिचेर मारिएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

    श्रीमान गुरुदेव साह जनकपुरमा रहेका बेला गुडिया घरमा झुण्डिएको र उनका दुई छोरालाई मारिएको अवस्थामा शव फेला परेपछि घटना रहस्यमय बनेको छ । घर भित्रबाट लक थियो । जसका कारण गुडियाले नै दुवै छोरालाई मारेर आफू आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    धनुषाका एसपी प्रकाश रानाभाटले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘साँझ करिब ६ बजे घटना भएको हो । त्यतिबेला गुडीयाका श्रीमान जनकपुरबाट घर फर्किदँै थिए । उनलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं ।’

    स्थानीयका अनुसार ८ वर्ष अगाडि गुडियाले गुरुदेवसँग प्रेम विवाह गरेकी थिइन् । गुडिया तेली साह रहेकी छन् भने गुरुदेव सुडी साह छन् । अन्तरजातिय प्रेम विवाह गरेका कारण सासु–ससुरा असन्तुष्ट थिए ।

    शुक्रबार मजदुरी गर्न जनकपुर आएका श्रीमान् गुरुदेवलाई दिउँसो करिब ३ बजे गुडियाले फोन गरेकी थिइन् । प्रहरीका अनुसार फोनमा श्रीमतीसँग विवाद नभएको गुरुदेवले बयान दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.