सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १५:०३ 
  • काठमाडौँ, २४ असोज । नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

    कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले प्रमुख प्रतिपक्षी दल भएकोले नयाँ सरकारको नेतृत्वमा कांग्रेसको स्वभाविक दाबी रहने बताए ।

    ‘प्रतिपक्षमा रहेकामध्ये कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । हाम्रो सम्भावना रहुन्जेल मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ । यसबारे समाजवादी र माओवादीसंग पनि छलफल गर्छौ’, ती सांसदले भने ।

    कांग्रेसको वागमती प्रदेशसभा दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्रीको दाबेदार हुन् । तर, संघीय सत्ता गठबन्धनभित्र वागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भइसकेको छ । सोही अनुसार समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ । समाजवादीलाई प्रदेश १ मा पनि मुख्यमन्त्री दिने सहमति कांग्रेस र माओवादीले गरिसकेका छन् ।

    वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । शाक्यले विश्वासको मत नपाउने समीकरण स्पष्ट भइसकेकोले विपक्षी दलहरू भावी सरकारको नेतृत्वका लागि अग्रसर भएका हुन् । कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेसँगै संघीय सत्ता गठबन्धनमा थप छलफल आवश्यक देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक करोडमा वडा कार्यालय भवन निर्माण
    अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा
    • शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    • कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.