सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रजातन्त्रको विरुद्ध कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १४:३७ 
  • पोखरा २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उनले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराए ।

    ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा’ देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन ।’

    प्रधानमन्त्री देउवाले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाउने बताए । उनले भने, ‘जनताको नाम सबैले लिन्छन् । जनताले भोटमा देखाइहाल्छन् नि ।’

    गण्डकी प्रदेश साक्षर घोषण गरे पनि धेरै कुरा गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले पूर्ण रुपमा संघीयता कार्यान्वयन बाँकी नै रहेको बताए । उनले शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने बताए ।

    नेपालमा करोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सह्राहना गरेको प्रधानमन्त्री देउवाले दावी गरे । खोपमार्फत कोरोना महामारी नियन्त्रण गरेकै कारणले बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाएको देउवाले दावी गरे ।

    साक्षर प्रदेश घोषणा कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले घोषणा गरे पनि साक्षरता बढ्दै जान्छ भन्ने ग्यारेन्टी नरहेको बताए । नयाँ पिढीलाई निरन्तर साक्षर बनाउने कार्यक्रम चलाउनुपर्ने उनको भनाइ थियो । विकासित नेपालका लागि साक्षरमात्र नभइ शिक्षित जनशक्ति उत्पादनमा सरकारहरु लाग्नुपर्ने तिमिल्सिनाले बताए ।

    गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले साक्षरता घोषणाले मात्र नपुग्ने भन्दै साक्षरताका अरु कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताए । संविधानको रक्षा गर्न सकेमात्र सरकार र राजनीतिक दलको औचित्य सावित हुने उनको भनाइ छ ।

    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश साक्षर घोषणा हुनु उपलब्धि भएको बताउँदै गण्डकी प्रदेश सम्भावना नै सम्भावनाको प्रदेश भएको बताए ।

    गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५ देखि ६० वर्ष० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६।५७ प्रतिशत रहेकाले आइतबार प्रदेशलाई घोषणा गरिएको हो ।

    १५ वर्षमुनिका ९७।३ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको भन्दै गण्डकी प्रदेश सरकारले भदौ ३० गते साक्षर प्रदेश घोषणाको निर्णय गरेको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

    आइतबार प्रदेशलाई साक्षर घोषणाअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा नयाँ बजारस्थित प्रदेश संग्राहलयमा बनाइएको साक्षर स्तम्भको अनावरण गरेका थिए ।

    प्रधानमन्त्री देउवाले ३ बजे कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आइतबार नेपाल राष्ट्र बैंक गेस्ट हाउसमा बास बस्नेछन् ।

    सोमबार बिहान प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक करोडमा वडा कार्यालय भवन निर्माण
    अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा
    • शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    • कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.